• हलिउडकै महाउत्सव ओस्कार अवार्ड सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: १९ फाल्गुन २०७२, बुधबार

    लस एञ्जलस । विश्वभरिमै फिल्मी क्षेत्रका तर्फबाट ओस्कार अवार्डलाई लाई सबैभन्दा ठूलो मानिन्छ, हलिउडमा कलाकारहरु यस कार्यक्रमलाई विशेष उत्सवको रुपमा मान्ने गर्दछन् । हालै अत्यन्तै गरिमा बोकेको अवार्ड ओस्कारको ८८औ संस्करण सम्पन्न भएको छ । एञ्जलस्थित डोल्बी स्टुडियोमा भव्य समारोहविच आयोजना भएको उक्त कार्यक्रममा केही कलाकारलाई खुशी दिएको छ भने केहीलाई दुखी बनाएको छ । हलिउडदेखि विश्वका विभिन्न चर्चित सेलिब्रेटी ओस्कर अवार्डमा सहभागी भएका थिए । बलिउड नायिका प्रियंका चोपडा समारोहमा सेतो गाउनमा उपस्थित भइन् । उनको पहिरन अन्य सुन्दरीको भन्दा भिन्न र आकर्षक थियो ।

    यस वर्षको कार्यक्रममा अलेक्जेन्द्रो जि इनारीतुले ‘द रेभिनान्ट’बाट उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन । बेस्ट फिल्मको अवार्ड भने ‘स्पट लाइट’ ले पाएको छ । यस वर्षको सर्वोकृष्ट निर्देशकको अवार्ड आशा गरिएअनुरुप अलेक्जेन्द्रो जि इनारीतुले फिल्म पाएको बताइन्छ । ओस्कार अवार्डमा पाँचौपटक मनोनयनमा परेका लियोनार्दो डि क्यापरियोले ‘द रिवेनान्ट’बाटै उत्कृष्ट अभिनेताको अवार्ड पाए । त्यस्तै, ब्रा लारसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन । सर्वोत्कृष्ट सह–अभिनेता र अभिनेत्रीको अवार्ड फिल्म ‘ब्रिज अफ स्पाइस’ र ‘द डेनिस गर्ल’ बाट मार्क राइलैंस र अलिशिया विन्कांडरले पाएका छन ।

    priyanka chopra
    उत्कृष्ट बिदेशी भाषाको फिल्मको अवार्ड हंगेरीको फिल्म ‘सन अफ सोल’ले पाएको छ । ओस्कार अवार्डको यसपटकको संस्करणले वर्णविभेद भएको आरोप पनि खेप्नुपरेको थियो । अभिनेता एवं हास्य कलाकार क्रिस रोकले पुरस्कार समारोहमा बोल्नेक्रममा व्यंग्यात्मक शैलीमा सामाजिक विषयलाई लिएर हलिउडमा नस्लवाद भएको टिप्पणी गरेका थिए । उनको अभिव्यक्ति यसपटक चर्चाको प्रमुख विषय बन्यो । ‘सेटरडे नाइट लाइभ’ का स्टारले दोश्रोपटक ओस्कर पुरस्कार समारोहमा सहभागी भएका थिए । ‘द रेभिनान्ट’ सबै भन्दा १२ विधामा मनोनयनमा परेको थियो ।

    hollywood actress
    ओस्कर अवार्डका मुख्य विधाका विजेताहरु :
    १. बेष्ट एडप्टेड स्क्रिन प्ले
    द विग सर्ट, चाल्र्स रान्डोल्फ र अदाम म्याकी
    २.बेष्ट डिरेक्टर
    अलेहान्द्रो गोन्जालेज, द रेभिनान्ट
    ३. वेष्ट एक्टर लियोनार्दो डिक्याप्रियो
    द रेभिनान्ट
    ४. वेष्ट एक्टर ९फिमेल०
    ब्री लासन, रुम
    ५. वेष्ट पिक्चर्स

    स्पटलाइट
    ६. ओर्जिनल सङ राइटिङ्स

    अन द वल
    ७. ओर्जिनल स्कोर
    द हेटफूल एट
    ८. ओर्जिनल स्क्रिनप्ले
    स्पटलाइट, जोश सिंगर र टोम मैकार्थीleo-0936153e-3096-406b-9071-7a284e3ea866

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु