
बर्षकै प्रतिक्षित चलचित्र छक्का पन्जा-२ को दोश्रो गीत सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा पत्रकार भेटघाट गरेर चलचित्रका निर्माण टिमले सो गीत सार्वजनिक गरेका हुन्। ‘म त यता किनारामा’ बोल रहेको उक्त गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेताहरु दिपकराज गिरि, विल्सन विक्रम राई र बुद्धि तामांग (हैट) फिचरिंग भएका छन् । सार्वजनिक गीतमा हरिवंश आचार्य र आस्था राउतले स्वर भरेका हुन् ।
गीतमा किरण कडेलले संगीत भरेका छन् भने उत्तम संजेलको शब्द रहेको छ। हाईलाईट्सनेपालले सार्वजनिक गरेको उक्त गीतमा अल्मोडा राना उप्रेतीको म्युजिक अरेन्जमेन्ट रहेको छ। पछिलो पटक सार्वजनिक गरिएको गीत नाईलन को साडीमा बोलको गीतले चर्चा पाउनुका साथै विवादमा पनि मुछिएको थियो ।
हास्यकलाकार दिपा श्री निरौलाले पछिल्लो पटक निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा-२’ गतबर्षको ब्लकबस्टर चलचित्र छक्का पन्जाको सिक्वेल हो । दिपकराज गिरिको लागनी रहेको चलचित्र यहि असोज ११ गतेबाट देशभर एकसाथ प्रदर्शन हुदैछ।