• २० विधामा ‘इन्फा अवार्ड’

    म्यूजिक खबर
    प्रकाशित: ३० आश्विन २०७१, बिहीबार

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अर्को पनि अवार्ड थपिएको छ । अवार्डहरुको भीडमा ‘इन्टरनेसनल नेपाली फिल्म अवार्ड’ ‘इन्फा’ थपिएको छ । २६ अक्टुबरमा हुने इन्फा ‘अवार्ड–२०७०’ को बुधबार साँझ राजधानीको बौद्धस्थित पाँचतारे होटल ह्यात रिजेन्सी होटलमा भब्य समारोहबीच पाँच उत्कृष्ट मनोेनयन सार्वजनिक गरिएको छ । नेपाल क्लब हङकङको सहकार्यमा हुन लागेको इन्फा अवार्ड २० विधामा वितरण गरिने भएको छ । कार्यक्रममा चलचित्रकर्मी उद्धब पौडेललाई ५ लाख नगदसहित ‘लाइफ टाईम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।
    सुचना तथा संचारमन्त्री डा.मिनेन्द्र रिजाल प्रमुख अतिथ्यमा आयोजित मनोनयन कार्यक्रममा इन्फाका अध्यक्ष दीपक श्रेष्ठले अवार्डबारे जानकारी गराएका थिए । कार्यक्रममा इन्फाका हङकङ संयोजक रिता गुरुङले अवार्ड आयोजनाबारे जानकारी गराउँदै भनिन्, ‘नेपाली चलचित्र प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय रुपमा अवार्ड गर्न लागेका हौं ।’ कार्यक्रममा चलचित्र क्षेत्रका हस्ती व्यापारी र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । कार्यक्रममा माला राई, नन्दिता केसी, नरेशबिर सिंह, केकी अधिकारी, प्रियंका काकी, नायक यसराज गरचलगायतले नृत्य प्रस्तुत गरेका थिए भने हास्य कलाकार विल्सनबिक्रम राईले कमेडी गरेर उपस्थित अतिथि वर्गलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा गायिका मिलन अमात्य र प्रल्हाद तिमिल्सिनाले ‘गाला रातै’ लगायतका गीत सुनाएका थिए ।

    infa award

    १. सर्वोत्कृष्ट फिल्म
    नाई न भन्नु ल -२
    छ एकान छ
    महशुस
    मोक्ष
    होस्टेल
    २. सर्वोत्कृष्ट निर्देशक
    विकास आचार्य – नाई न भन्नु ल -२
    दिनेश डिसी – छ एकान छ
    नवल नेपाल – महशुस
    सबिर श्रेष्ठ – काली
    सुराह सुब्बा ‘नाल्बो’ – वितेका पल
    ३. सर्वोत्कृष्ट अभिनेता
    आर्यन सिग्देल – महशुस
    सौगात मल्ल – फिटकिरी
    यश कुमार – वीर
    किशोर खतिवडा – ढुवानी
    अनुभव रेग्मी – नाई न भन्नु ल -२
    ४. सर्वोत्कृष्ट अभिनेत्री
    नम्रता श्रेष्ठ – मौन
    रेखा थापा – काली
    प्रियंका कार्की – झोले
    नीता ढुंगाना – छ एकान छ
    केकी अधिकारी – महशुस
    ५. सर्वोत्कृष्ट सह अभिनेता
    निर शाह – महशुस
    सुरज सिंह ठकुरी – नाई न भन्नु ल -२
    बाबु बोगटी – वितेका पल
    श्याम राइ – प्रोड्युसर
    सुवास थापा – तोरी लाहुरे
    ६. सर्वोत्कृष्ट सह अभिनेत्री
    बसुन्धरा भुसाल – पराई
    प्रियंका कार्की – नाई न भन्नु ल -२
    नन्दिता केसी – पराई
    बेनिषा हमाल – मोक्ष
    ७. सर्वोत्कृष्ट हास्यकलाकार
    सिताराम कट्टेल – छ एकान छ
    जय किसन बस्नेत – दुइ दुना पाच
    विल्सन विक्रम राई – प्रोड्युसर
    दिपक राज गिरि – छ एकान छ
    सन्दीप क्षेत्री – छ एकान छ
    ८. सर्वोत्कृष्ट खलपात्र
    सुवास थापा – किन किन
    झरना थापा – कोहि त् छ
    दयाहाङ राई – लोफ़र
    मुकेश आचार्य – मुटु
    ९. सर्वोत्कृष्ट संगीतकार
    बसन्त सापकोटा – नाई न भन्नु ल -२
    सुरेश अधिकारी – महशुस
    डम्बर नेपाली – बितेका पल
    बसन्त सापकोटा – काली
    अर्जुन पोखरेल – बिन्दास-२
    १०. सर्वोत्कृष्ट कथा
    विकास आचार्य – नाई न भन्नु ल -२
    प्रविन श्रेष्ठ – मोक्ष
    नविन गौली / सुरज भुषाल – मौन
    बिनोद पौडेल – साँघुरो
    पिताम्बर पाण्डे – ढुवानी
    ११. सर्वोत्कृष्ट पटकथा तथा संवाद
    विकास आचार्य – नाई न भन्नु ल -२
    हेमराज विसी – होस्टेल
    दिपक राज गिरि – छ एकान छ
    सुरज सुब्बा ‘नाल्बो’ – वितेका पल
    १२. सर्वोत्कृष्ट गीतकार
    डा. कृष्ण हरि बराल – नाई न भन्नु ल -२ (मर्ने कसैलाई)
    डा. कृष्ण हरि बराल – नाइँ न भन्नु ल -२ (यी आखामा)
    प्रविन श्रेष्ठ – मोक्ष (खुल्ला आकासमा)
    भुपेन्द्र खड्का – झोले (तिमिनै मेरो)
    राम अविरल – बिन्दास-२ (सुन्छु तिमीले मलाइ)
    १३. सर्वोत्कृष्ट पार्श्व गायन (पुरुष)
    प्रेम परियार – नाइँ न भन्नु ल -२ (यी आखामा)
    स्वरूप राज आचार्य – नाई न भन्नु ल -२ (मर्ने कसैलाई)
    प्रल्हाद तिमल्सिना – काली (स्लोली स्लोली)
    राजेश पायल राइ – झोले (तिमिनै मेरो)
    शिव परियार – बिन्दास -२ (सुन्छु तिमीले मलाई)
    १४. सर्वोत्कृष्ट पार्श्व गायन (महिला)
    मिलन अमात्य – काली (स्लोली स्लोली)
    दुर्गा परियार – महशुस (दिल चुप छ)
    प्रकृति गिरि – वितेका पल (जब साँझ पर्छ)
    दुर्गा खरेल – बिन्दास -२ (सुन्छु तिमीले मलाइ)
    अन्जु पन्त – हो यहि माया हो (यति धेरै माया)
    १५. सर्वोत्कृष्ट नव नायक
    अनमोल केसी – होस्टेल
    सलोन बस्नेत – होस्टेल
    कोसिश क्षेत्री – मोक्ष
    सुशांक मैनाली – साँघुरो
    अभिनास गुरुङ – वितेका पल
    १६. सर्वोत्कृष्ट नव नायिका
    सुजाता कोइराला – मन्जरी
    प्रकृति श्रेष्ठ – होस्टेल
    सगुन शाही – ढुवानी
    कोमल ओली – राजनीति
    जश्मीन श्रेष्ठ – मेरो मनको साथी
    १७. सर्वोत्कृष्ट द्वन्द
    हिमाल केसी – वार
    चन्द्र पन्त – काली
    हिमाल केसी – वीर
    राजेन्द्र खड्गी – नथीङ इम्पोसिबल
    १८. सर्वोत्कृष्ट सम्पादन
    अनन्त थपलिया – छ एकान छ
    लोकेस बज्राचार्य – कर्कस
    अन्जय खड्का – साँघुरो
    सुरेन्द्र पौडेल – होस्टेल
    प्रविन श्रेष्ठ – मोक्ष
    १९. सर्वोत्कृष्ट नृत्य निर्देशक
    कविराज गहतराज – काली (स्लोली स्लोली)
    कविराज गहतराज – लोफ़र (एकासी दुक्कासी)
    साइमोन – प्रोड्युसर (तिम्रो आखाहरु)
    रेनेशा राई – झोले (तिमिनै मेरो)
    २०. सर्वोत्कृष्ट छायांकन
    हरि लामा – वितेका पल
    पुरुषोत्तम प्रधान – ढुवानी
    दिव्या सुबेदी – महशुस
    मोक्ष टिम – मोक्ष

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु