‘रूस्तम’मा अक्षय कुमार (ट्रेलर सहित)

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७३, शुक्रबार

13533289_1094859227255355_5576373813048597276_n copy

धेरै महत्वकांक्षी बोकेको बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘रूस्तम’ ट्रेलर रिलिज भएको छ । यस फिल्ममा अक्षय कुमार नौसेनाका अधिकारी रूस्तम पावरीको भूमिकामा देखिँदैछन् । यस फिल्ममा ईमानदार अफिसरको देशभक्ति सवाललाई उठाइएको छ । यसअघि पनि अक्षयले सुरक्षा अधिकारीको भूमिका गरिसकेका छन् । उनी फिल्म ‘होलिडे स् अ सोल्जर इज नेभर अफ ड्यूटी’ मा सैनिक अधिकृतको भूमिकामा देखिएका थिए ।
यो फिल्म ऋतिक रोशनको फिल्म ‘मोहनजोदारो’ सँग जुद्दैछ । यी दवै फिल्म एकैदिन १२ अगस्टमा रिलिज हुँदैछ । अक्षयको ‘रूस्तम’ लाई टिनु सुरेश देसाईले निर्देशन गरेका हुन्  भने ऋतिकको ‘मोहनजोदारो’ लाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् ।

ट्रेलर

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु