अधकट्टीको अडियो सार्वजनिकमा नौ नायिका

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७२, शुक्रबार

काठमाडौं । सञ्चारकर्मी सुव्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्म ‘अधकट्टी’ को अडियोलाई नौ नायिकालेले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । पुराना पुस्ताकी अभिनेत्री करिश्मा मानन्धर देखि पछिल्ला पुस्ताका झरना थापा, दिपाश्री निरौला, हर्षिका श्रेष्ठ, नम्रता श्रेष्ठ, निता ढुंगाना, ऋचा शर्मा, प्रियंका कार्की र शिल्पा पोखरेलले अडियो सार्वजनिक गरे ।
आउँदो जेठ ९ गते देखि अल नेपाल प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अधकट्टी’ मा पाँच गीत समावेश छन् । राजन इशानले संगीत दिएको यस चलचित्रका गीतहरुमा अतिथि संगीतकारको रुपमा भने बसन्त सापकोटा रहेका छन् । कार्यक्रमलाई सांगीतिक बनाउन फिल्मका कलाकारहरु गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदीप बास्तोला, नम्रता श्रेष्ठ र विल्सन विक्रम राईले फिल्मका गीतमा नाँचेका थिए । फिल्मका प्रस्तुतकर्ता प्रदीपकुमार उदयले फिल्मका गीतहरु श्रोतामाझ हिट भईसकेको बताईरहँदा निर्देशक आचार्यले फिल्म सुपरहिट बन्नेमा विश्वास व्यक्त गरे ।

adhkatti1

साप्ताहिकका सम्पादक सुवास ढकालको कथा, साप्ताहिकै पत्रकार सुब्रत आचार्यको निर्देशन र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ । यस चलचित्रमा प्रल्हाद तिमिल्सना युवराज चौलागाई, निशा देशार, राजन इशान आदिको स्वर रहेको छ ।

adhkatti

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु