करणले जन्मदिनमा अनाथ बालबालिकालाई सहयोग गरे

म्यूजिक खबर
प्रकाशित: ५ असार २०७३, आईतवार

नयाँ बानेश्वरमा रहेको नयाँ नेपाल समाज केन्द्रका विद्यार्थीहरुलाई कलाकार, निर्माता तथा वितरक करण ‘क्रेजी’ श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन् । विभिन्न कक्षामा अध्यननरत ६५ जना अनाथ बालबालिका रहेको उक्त समाज केन्द्रलाई करणले नगद रु. ५० हजार नगद सहयोग गरेका हुन् । आइतबार समाज केन्द्रमा पुगेर उनले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

news pic (1)

चलचित्र छेस्कोका नायक करण ‘क्रेजी’ श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा यस अघि पनि बृद्धा आश्रम तथा अनाथ बालबालिकाहरुलाई खान खुवाउने लगायतका सामाजिक कार्य गर्दै आएकोमा यस पटक उक्त केन्द्रलाई आर्थिक सहयोग गरेको बताए । त्यस्तै उनले आइतबार साझ नै बृद्धा बृद्धलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका छन् । अभिनयबाट धेरैको मन जित्न सफल करण समाज सेवमा पनि त्यतिकै सक्रिय रहँदै आएका छन् । केन्द्रमै आएर आर्थिक सहयोग गरेकोमा केन्द्रका अध्यक्ष कृष्ण राज गुरुङले करणलाई धन्यवाद दिएका छन् ।

news pic (2)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु