अनुरागीको एकल संगीतमा टेको सन्ध्या

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०७२, मंगलवार

काठमाडौं । पछिल्लो समय संगीतकारहरु पनि आफूलाई एकल साँझमार्फत् सांगीतिक धरातलमा उभ्याउन थालेका छन् । संगीत गर्ने एउटा संगीतकार गायक गायिकालाई गीत गाउनका लागि निर्देशन गर्न सक्छ भने ऊ आफैं पनि त्यो गीतलाई न्यायपूर्वक गाएर स्रोतासामु प्रस्तुत हुन सक्छ भन्ने उदाहरणहरु धेरै छन् । संगीतकारहरुले एकल साँझ गर्ने परम्परामा यसपाली भने संगीतकार वीवी अनुरागीले आफ्नो एकल संगीतमा दर्जनौं गायकगायिकालाई उतार्दै छन् ।

कला र गला भए पनि पछाडि पर्दैैै आएका कलाकारलाई अगाडि ल्याउने र समाजमा विद्यमान विकृतिहरुलाई नाटक र गीत संगीतमार्पmत उजागर गर्ने उद्येश्यले स्थापित नेपाली कला संगमले गीतकार, संगीतकार तथा गायक बिबी अनुरागीलाई एकल साँझ प्रस्तुत गर्ने भएको छ । नेपाली कला संगमले निर्भाना कला केन्द्रको सहकार्यमा भूकम्पबाट क्षतीग्रस्त धादिङको चण्डीदेवी माध्यमिक विद्यालय र सिन्धुपालचोकको जनता माध्यमिक विद्यालयको पुनः निर्माण तथा बृद्धाआश्रममा आश्रित बृद्धबृद्धाको सहयोगार्थ संगीतकार अनुरागीलाई पहिलोपटक एकल साँझ मार्फत् प्रस्तुत गर्न लागेको कला संगमका सल्लाहकार तथा कार्यक्रम संयोजक सुदर्शन महर्जनले जानकारी गराएका छन् ।

1
अनुरागीको एकल संगीतमा रहेको गीतहरुलाई ख्यातिप्राप्त गायक गायिकाहरुले ‘टेको सन्ध्या’ मार्फत् सांगीतिक प्रस्तुति दिने भएका छन् । आगामी चैत १८ गते २ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा हुने एकल साँझमा गायक गायिकाहरुले प्रत्यक्ष बाद्यवादनमा आप्mना गीत प्रस्तुत गर्नेछन् । ३५ जनाभन्दा बढी बाद्याबादकका साथ आयोजना हुने कार्यक्रममा सत्यराज आचार्यले यसै वर्ष घरको धुरी छाउनु पर्ने थियो, स्वरुपराज आचार्यले जहाँ तिमी त्यहाँ म हुन नपाउँदा, शिशीर योगीले माया गर्नुको अर्थ, रामचन्द्र काप्mलेले मेरो माया कलकल बग्ने, शर्मिला गुरुङ र आरके गुरुङले चलचित्र निशानीको कौरा गीत अच्छा लेकिन क्या बात, सुनिता गुरुङ र जीवन परियारले भूकम्प गीत महाविपत्तीलाई प्रगतिको अवसर बनाऔं, मुना थापा मगरले संगीतकार अनुरागीका साथमा लोकदोहारी गीत भेटै नहुने, जुनु रिजालले तिम्रै झल्को आँछ मेरो, चन्दा विश्वकर्माले यो साल पनि बाँभैm बस्यो मेरो मनको बारी, मिलन अमात्यले संगीतकार अनुरागीका साथमा चलचित्र परदेशीको सुपरहिट गीत कुरा खाँटी हो, स्वरुपा रसाइलीले अनुरागीका साथमा स्वदेश गान प्राणभन्दा प्यारो मेरो नेपाल गाउनेछन् ।

2 (1)
गीत रचनाका साथ गायन यात्रालाई पनि अगाडि बढाउँदै आएका संगीतकार बिबी अनुरागी स्वयं पनि गायनका साथ प्रस्तुत हुने कार्यक्रममा उनले स्मृति शाही र सरिता शाहीका साथमा गोर्खा पल्टन, उडेर जुन छुन्छु भन्थे, शिरबिनाको खोला हुँदैन, तिमीलाई जहाजमा उडे पनि पुग्छ, नटाढिनु है, मेरा हरेक सफलतामालगायतका गीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा सुमन नेपालीले नृत्य प्रस्तुत गर्नेछन् । ‘नेपाली गीत संगीत क्षेत्रमा यति लामो योगदान दिए पनि प्रमुख रुपमा संगीतकार भएकै कारण बिबी अनुरागी योगदान र क्षमताका तुलनामा पछाडि परेको हुँदा हामीले पर्दा अगाडि ल्याउने प्रयास गरेका हौं महर्जनले भने । हाम्रो संस्थाको उद्येश्य भनेकै पर्दा पछाडिका कलाकारलाई अगाडि ल्याउनु हो’ आयोजक संस्था नेपाली कला संगमका सल्लाहकार तथा एकल साँझ कार्यक्रमका संयोजक सुदर्शन महर्जनको भनाई छ ।

‘संस्थाको पहिलो बृहत कार्यक्रमस्वरुप बिबी अनुरागीलाई काठमाडौंमा पहिलोपटक एकल साँझमा प्रस्तुत गर्दै भूकम्पले क्षतिग्रस्त स्कुलको पूर्ननिर्माणमा हातेमालो गर्न लागेका हौं ।’ महर्जनले यो कार्यक्रमपछि पर्दा पछाडि परेका अन्य स्रष्टा र कलाकारलाई पनि अगाडि ल्याउने कार्यक्रम रहेको बताए । ‘हिजोआज एकल साँझका नाममा सानो घेराभित्र कार्यक्रम हुने गर्छन्, हामी साँच्चिकै गरिमामय र बृहत सांगीतिक कार्यक्रमका रुपमा यो कार्यक्रम अगाडि ल्याउँदैछौं, महर्जनले भने – यसबाट उठेको रकमबाट खर्च कटाई सम्पूर्ण रकम विद्यालयलाई दिनेछौँ’ महर्जनको भनाई छ ।

8
अनुरागीले आफु जन्मिएको बागलुङका साथ पोखरा र हङकङमा एकल साँझ गरिसकेको भए पनि काठमाडौंमा भने पहिलोपटक यस्तो कार्यक्रममा प्रस्तुत हुन लागेका हुन् । ‘पहिलो चोटी काठमाडौंका एकल साँझमा प्रस्तुत हुन पाउँदा उत्साहित छु, यो साँझ ऐतिहासिक र विशेष हुने अपेक्षा राखेको छु’ अनुरागी भन्छन् ‘धेरै गायक गायिका एकै ठाउँमा प्रस्तुत हुने भएकाले पनि यो यादगार कार्यक्रम हुनेछ । स्वर मात्र नभई, अर्केष्टाका कारण पनि कार्यक्रम अभूतपूर्व हुने आशा गरेको छु । पूर्वीय र पश्चिमी संगीतको प्mयुजन कार्यक्रममा पाइनेछ ।’

त्यसै गरी कार्यक्रमको इभेन्ट मेनेजमेन्टको जिम्मेवारी लिएको मार्स प्रालिका प्रवन्ध निर्देशक मनिष अधिकारीले साजसज्जा र प्रकाश तथा व्यबस्थापनले समेत कार्यक्रमलाई उत्कृष्ट बनाइने बताए ।

मूल रुपमा संगीतकारका रुपमा चिनिए पनि अनुरागीले २ दर्जन गीत रचना गरेका छन् भने त्यती नै संख्याको गीत गाएका छन् । उनले आठ सय गीतमा संगीत दिएका छन्, ६ हजार गीतको एरेन्जमेन्ट गरेका छन् । सबैजसो गायक गायिकाका लागि संगीत दिईसकेका अनुरागीको संगीतमा बलिउड गायक गायिकाहरु राहुल बैद्य, कुमार सानु, साधना सरगम, सञ्जिवनी, बप्पी लहरीले समेत गाएका छन् । लहरीले केहीअघि मात्र उनको संगीतमा फरक छ भाषा, फरक संस्कृति एउटै हो आकाश एउटै छ धर्ती बोलको गीत गाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु