अनेसास एसिया समितिमा सल्लाहकारहरुको चयन

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एसिया समितिका संयोजक तथा केन्द्रीय समितिका उपाध्यक्ष साहित्यकार बाबा बस्नेतको अध्यक्षतामा बसेको एसिया समितिले एसियाका विभिन्न देशहरुबाट सात सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एसिया समितिको सल्लाहकारहरुमा वरिष्ठ साहित्यकार प्रा।डा। गार्गी शर्मा ९नेपाल०, समालोचक डा। नेत्र एटम ९नेपाल०, संगीतकार सुष्मा ओमाता (जापान), साहित्यकार प्रा.डा. कविता लामा (सिक्किम, भारत), साहित्यकार मुक्ति बराल ९सिलगढी, भारत०, साहित्यकार तीर्थ सङ्गम राई (कतार) र अनेसास एसिया समितिका निवर्तमान संयोजक नीशा अर्याल रहनु भएको छ ।

अनेसासले क्षेत्रीयस्तरमा गठन गरेको अनेसास एसिया समितिले क्षेत्रीयस्तरमा कोरिया र भारतको दार्जिलिङमा पहिलो र दोस्रो एसियास्तरिय नेपाली साहित्य सम्मेलनहरु सम्पन्न गरिसकेको छ ।

यसैगरी कोरोनाको कारण वर्तमान विषम परिस्थितिमा भर्चुअल माध्यमबाट कार्यक्रमहरुको पनि आयोजना गर्दैआएको छ । साथै कोरिया सम्मेलनको स्मारिका प्रकाशन गरिसकेको छ भने दार्जिलिङ सम्मेलनको स्मारिका प्रकाशन गर्ने तयारी पनि गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु