अन्जुको लोकप्रियता चुलिंदै, व्यस्तता बढ्दै !

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७४, आईतवार

फागुन २७, काठमाडौं । सुमधुर स्वरकी धनि गायिका अन्जु गौतम नेपाली सांगीतिक धरातलमा स्थापित नाम हो । मोफसलमा रहेर संगीतकर्ममा समर्पित रहेकी अन्जुको पछिल्लो समयमा व्यस्तता बढ्दो छ । पूर्वमा हुने हरेक सांस्कृतिक कार्यक्रममा उनको सहभागिता अनिवार्य जस्तै भएको छ । विद्यालयका अभिभावक दिवसदेखि प्रादेशिक महोत्सवहरुमा उनले प्रस्तुति दिंदै आएकी छिन् । उनको प्रस्तुति पूर्वमा मात्र नभएर देशव्यापी रुपमा हुने गरेको छ । पूर्वकी चेली सुदुर पश्चिम सम्म पुगेकी छिन् ।

‘फूलको गमला यो माया चोखो जोवन सम्हाल’ बोलको पूर्वेली लोक लयमा आधारित गीत पनि रेकर्डको तयारीमा छिन् । पूर्वकै इटहरीमा रेकर्डिङ गर्ने तयारीमा छिन् लगानी र मेहनत गरेर अनुसार प्रतिफल पनि राम्रै पाएको बताउँदै अन्जु भन्छिन् सन्तुष्ट छु ।

कलाकारिताको राजधानी इटहरीमा आयोजित पूर्वाञ्चल व्यापी लोकगीत कम्पिटिसनमा भाग लिनका लागि चर्को घामको प्रवाह नगरि, एक हातले छाता समाएर अर्को हातले साइकलको हेण्डिल समाउँदै १५ किलोमिटरको यात्रा गरेर कम्पिटिसनमा भाग लिन पुगिन् ।

‘त्यो कठिन तर मिठो यात्राबाट शुरु भएको अन्जुको सांगीतिक यात्रा जारी छ । बाँचुन्जेल संगीतमै समर्पित भएर बाँच्ने चाहना छ’– अन्जुले भनिन् । पूर्वेेली लोक सिर्जनामा योगदान पु¥याउनेको संख्या न्युन भएको अवस्थामा गायिका अन्जु गौतमले पूर्वेली लोक गीतहरु निरन्तर पस्किंदै आएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु