अन्जु र युवराज उत्कृष्ट गायक गायिका, अर्जुन उत्कृष्ट संगीतकार

म्यूजिक खबर
प्रकाशित: ३१ श्रावण २०७३, सोमबार

पोखरा । पोखरामा सम्पन्न भएको आठौं डी सिने अवार्ड २०७३ मा अन्जु पन्त र युवराज चौलागाईंले उत्कृष्ट पाश्र्व गायिका र पाश्र्व गायकको अवार्ड चुमे भने उत्कृष्ट चलचित्र संगीतकार भने अर्जुन पोखरेल हुन सफल भए । त्यस्तै उत्कृष्ट चलचित्र गीतकार भने डा.कृष्णहरि बराल हुन सफल भए । शनिबार पोखराका होटल ग्राण्डमा सम्पन्न भएको उक्त अवार्डमा काठमाडौंदेखि कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । ग्राण्ड होटलको हलमा खचाखच दर्शकहरुको बीचमा भएको उक्त अवार्डमा आयोजकले काठमाडौंदेखि गाडीसहित खान बस्नको व्यवस्था गर्दै कलाकारलाई पोखरा पु¥याएका थिए ।

arjun
आठौं डी सिने अवार्डमा उत्कृष्ट अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ घोषित भए । यी दुबैले चलचित्र ‘क्लासिक’बाट यो अवार्ड चुम्न सफल भएका थिए । त्यस्तै क्लासिकबाटै उत्कृष्ट सम्पादन सुरेन्द्र पौडेल घोषित भए भने क्लासिक उत्कृष्ट चलचित्र ठहरियो । उत्कृष्ट निर्देशनको अवार्ड ‘पशुपतिप्रसाद’का दीपेन्द्र के खनालले जित्दा ‘वडा नं ६’बाट सहअभिनेता विधामा जीतु नेपाल, चरित्र अभिनेत्रीमा दीपाश्री निरौला, हाँस्य कलाकारमा केदार घिमिरे, सम्वादमा दीपकराज गिरी, पाश्र्व संगीतमा एलिस कार्की उत्कृष्ट बने ।

anju panta
त्यस्तै पटकथामा खगेन्द्र लामिछाने, खलपात्रमा विपिन कार्की, नृत्यमा रेनेशा राईले अवार्ड चुमे भने ड्रिम्स निर्देशक भुवन केसीले उत्कृष्ट नव निर्देशकको अवार्ड पाउदा यसै चलचित्रबाट नव अभिनेत्रीमा साम्राज्य राज्यलक्ष्मीदेवी शाह र छायांकनमा पुरुषोत्तम प्रधान र संजय लामाले समेत अवार्ड हात पारे । त्यस्तै अवार्डमा सहअभिनेत्री आशिष्मा नकर्मी हुन सफल भइन् भने प्रियंका कार्कीले डान्सको अवार्ड चुम्न सफल भइन् । त्यसैगरी वेष्ट ड्रेस विना घले, वेष्ट एनिमेसन ‘फूलै फूलको मौसम’बाट रमेशमान श्रेष्ठ, वेष्ट स्टारडम अवार्ड निखिल उप्रेतीले अवार्ड चुम्न सफल भ एभने अवार्डमा माओत्से गुरुङ, पल शाह, सन्तोषकुमार आत्रेय, हिमाल केसीलगायतले अवार्ड चुम्न सफल भएका थिए ।

DSC_0653
मोहन निरौला संयोजक रहेको जुरी कमिटीमा पत्रकार विजयरत्न तुलाधर, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सवनम मुखिया निर्णायक सदस्य रहेको अवार्डमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेत्री करिष्मा मानन्धर, चलचित्रकर्मी सम्मान निर्माता छविराज ओझा र छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट संचारकर्मी नरेश भट्टराई पुरस्कृत भए ।

DSC_0404
त्यस्तै, अभिनेत्री केकी अधिकारी क्रिटिक अवार्ड (फन्को), अभिनेता सौगात मल्ल (फन्को) र चलचित्रमा क्रिटिक्स अवार्डबाट ‘पशुपतिप्रसाद’ सम्मानित हुँदा मोष्ट पलुलर सङ अफ दी इयर ‘सुर्के थैली खै’ (वडा नं.६), जुरी अवार्डबाट फिल्म ‘कबड्डी कबड्डी’, पब्लिक च्वाइस अफ दी अवार्डबाट सुदर्शन थापा (प्रेमगीत), इन्करेज्मेण्ट अवार्डबाट रामेश्वर चौरसिया सम्मानित भए ।

DSC_0497
यस्तै, डायस्पोरा चलचित्रकर्मी सम्मान रमेशचन्द्र राईलाई प्रदान गरियो भने चलचित्र छायाँकनबाट यूएसएमा भएको एक कार्यक्रममा सम्मानित भएका रविन आचार्यलाई पनि सम्मान गरिएको थियो । त्यस्तै सामाजिक कथावस्तुमा चलचित्र निर्माण गरेर सन्देश प्रदान गर्न सफल भएको चलचित्र चकलेटका तर्फबाट निर्देशक निर्माता निर्मल शर्मालाई सम्मान गरिएको थियो भने मोफसलको शहर पोखरामा रहेर मौलिक चलचित्र निर्माण गरेको भन्दै चलचित्र धौलीका निर्देशक घनश्याम लामिछानेले अवार्ड चुमे ।

DSC_0329 DSC_0302 DSC_0285 dipendra-k d cine award baral

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु