‘अन्तराष्ट्रिय पप गायक’ उपाधि पाएका गायक राजेशपायललाई मिलाप सम्मान

म्यूजिक खबर
प्रकाशित: ११ मंसिर २०७४, सोमबार

११ मंसिर , काठमाडौं । अमेरिकाको रोचेस्टर सिटीले ‘अन्तराष्ट्रिय पप गायक’को सम्मान दिएको गायक राजेशपायल राई सोही खुसियालीमा नेपालमा पनि सम्मान गरिएको छ ।

आइतबार राजधानीका एक कार्यक्रमको आयोजना गर्दै मिलाप म्यागजिनले राइलाई ‘मिलाप सम्मान–२०७४’ प्रदान ग¥यो ।

राजेशपालयको नाममा प्रत्येक ५ नोभेम्बरलाई ‘राई इज किङ’को नाममा फेस्टिभल मनाउने घोषणा अमेरिकाको रोचेस्टर सिटीका मेयरले गरेपछि सोही खुसियालीमा यी गायकलाई पनि देशमा सम्मान गरिएको हो ।

कार्यक्रममा कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटासहित चलचित्र विकास बोर्ड सदस्य उत्तम केसी, अनेसासका नेपाल अध्यक्ष राधेश्याम लेकाली, प्रा.डा. सुरेन्द्र केसी, पत्रकार शान्ति प्रिय लगायतले राईलाई बधाई दिए ।

यसैक्रममा गीतकार राम रेप्चुङ राई, मिलाप म्यागजिन कार्यकारी सम्पादक गीता अधिकारी, पत्रकार सानुकाजी श्रेष्ठ, एमपी सुब्बालगायतले पनि राजेशपायललाई शुभकामना तथा बधाई दिएका थिए ।

गायक राजेशले सम्मान आफूले मात्र नपाएको नभएर सारा नेपालीले पाएको जिकिर गरे । कुनै समय अमेरिकी दूतावासले भिसा नदिएको स्मरण गर्दै अहिले अमेरिकाकै एउटा सिटीले ‘राई इज किङ फेस्टिभल’ मनाउन लाग्दा अति खुसी लागेको पनि उनले बताए ।

एक नेपाली कलाकारले अन्तराष्ट्रिय रुपमा चर्चा र सम्मान पाउनु सबै नेपालीका लागि खुसीको खबर भएको मिलाप म्यागजिनका सम्पादक कृष्ण भुसालले बताए ।

आधुनिक, पाश्र्व, लोकपप, लोक र विभिन्न मातृभाषाका गीतहरु गाउँदै आएका राजेशपायलले हजारौ गीत गाइसकेका छन् ।
अहिले आएर राजेशपायललाई नै थाहा हुन छाडेको छ कि ‘मैले कति गीत गाए भनेर ।’ राजेशपायलले दैनिक दुईदेखि नौ वटासम्म गीत रकर्ड गर्न भ्याएका छन् । उनका अधिकांश गीत चर्चित र कालजयी छन् । त्यसैले त आज उनी अन्तराष्ट्रिय रुपमा ख्याती कमाउन सफल भएका छन् ।

राजेशपायलका हालसम्म एकल एल्बमहरु ‘मुर्छना–१९९५’, ‘पुर्वमा रंग चढेछ–१९९५’, ‘जस्ट फर यु–१९९७’, ‘निगाहा–१९९७’, ‘लभ लेटर–१९९८’, ‘बैगुनी रैछौ मायालु–१९९९’, ‘जदौ–२००४’, ‘कामना–२००६’, ‘जदौ–२, २००८’, ‘जदौ–३–२०११’, ‘दर्शन नमस्ते–२००९’, ‘दर्शन नमस्ते–२, २०१३’, ‘दर्शन नमस्ते–३, २०१६’, ‘मुर्छना–२, २०११’, ‘राई इज किङ–२०१०’, ‘तिमी नहँुदा–२०१०’, ‘मेड इन नेपाल–२०११’, ‘आसेवारो–२०११ (लिम्बु भाषा) छन् भने ६ यसभन्दा बढी चलचित्रमा स्वर दिइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु