अब बन्ने भो ‘मन त परदेशी’

म्यूजिक खबर
प्रकाशित: ७ माघ २०७३, शुक्रबार

माघ ७, काठमाडौं । परदेशमा गएका नेपालीहरुकै कथाभित्र बाँधिएर चलचित्र मन त परदेश बन्ने भएको छ । शुक्रबार राजधानीको कमलादी गणेश मन्दिरमा पूजाआजा गरी मन त परदेशी युनिटले शुभमूहुर्त सम्पन्न गरेको छ । देव नेपालको लेखन एवं निर्देशन रहने चलचित्र मन त परदेशीको शुभमूहुर्त कार्यक्रममा निर्माता निर्देशक उदय सुब्बाले एक्सन कट गरेका थिए भने चलचित्र निर्देशक समाजका उपाध्यक्ष दीपक खाँडले क्ल्याम हानेका थिए । संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डितले नरिबल फोरेर चलचित्रको शुभसाइत गरेका थिए ।

renu sharma_dipesh
दुर्गाबहादुर खड्का, भुवन शर्मा कँडेल, निराजन अधिकारी निर्माता रहेको मन त परदेशीमा दिपेशराज पाण्डे, रेणु शर्मा, समिता गिरी, मुस्कान रेग्मी, राम बुढाथोकी, सन्ध्या पौडेल, किशोर कुमार खतिवडा, सौगात लामिछाने, विक्रम क्षेत्रीको अभिनय रहने भएको छ । चलचित्रको छायाँकन मरुभूमि नारायणले गर्ने भएका छन् । सन्ध्या पौडेलको नृत्य, सुशिला कुमालको श्रृंगार, राजु किराँतीको द्वन्द्व रहने यस चलचित्रमा पुस्कर सुनुवार र राजेश श्रेष्ठको संगीत रहने भएको छ । शंकर अधिकारी घायल र भुवन शर्मा कँडेलको गीत रहेको यस चलचित्रमा पुस्कर सुनुवार, मेलिना राई, राज सिग्देल, सपना वस्तीको स्वर रहने बताइएको छ ।

man ta pardeshi

नेपाली समाजमा घटेको यथार्थपरक घटनाक्रमलाई चित्रण गर्दै एबी फिल्म्सको ब्यानरमा चलचित्र निर्माण हुन लागेको हो । अब केही समयमै यो चलचित्र फ्लोरमा जाने निर्देशक देव नेपालले बताए ।

dipeshraj pandey

renu sharma

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु