अभिनेत्री श्वेताले यसरी मनाइन् श्रीकृष्णको जन्मदिन

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७३, शुक्रबार

shree-krishna-shrestha-and-sweta-khadka

पौष १५, काठमाण्डौ । अभिनेत्री श्वेता खड्काले नायक श्रीकृष्ण श्रेष्ठसँग ०७१ साल असार २३ गते विवहा गरिन् । तर दुर्भाग्य उनले एक महिना पनि उनको नामको सिन्दुर पोते लगाउन पाइनन् । उपचारको क्रममा आफु भन्दा बढी माया गर्ने पती श्रीकृष्णलाई उपचारको क्रममा ०७१ सालकै साउन २४ गते गुमाउन पुगिन् ।

sweeta-khadka

कार्यकक्षामा श्वेता उनले सजाएको श्रीकृष्णको तस्बिरका साथमा

पति वियोगको ठुलो शोकबाट श्वेता लामै समय विक्षिप्त बनिन् । समय बित्दै जाँदा उनले यतिबेला आफूलाई सम्हाल्दै गएको देखिन्छ तापनि उनको मनको अन्तरकुन्तरबाट श्रीकृष्णलाई नै सम्झिरहेकी हुन्छिन् । केहि दिन अगाडि मात्र उनले कार्यकक्षमा श्रीकृष्णको फोटो सजाएर आफ्नो पुरानो काममा फर्किएकी थिइन् ।

यतिबेला उनले श्रीकृष्णलाई नै सम्झिदै घरआँगन नेपाल नामक सामाजिक संस्थालाई साढे एक लाख रुपैयाँ सहयोग गरेकी छिन् । आफ्ना दिवंगत पति श्रीकृष्ण श्रेष्ठको जन्मदिन पारेर पुस १४ गते बिहीबार उनले सामाजिक कार्यमा सक्रिय सो संस्थाका अध्यक्ष दीपक सिलवाललाई चेक हस्तान्तरण गरेकी हुन् । श्वेताले पति श्रीकृष्णले आफ्नो जन्मदिनमा समाज सेवाको कार्य गर्ने गरेको स्मरण गर्दै उनकै चाहनालाई निरन्तरता दिएको बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु