अमेरिकामा राजेशलाई ‘ईन्टरनेशनल पप स्टार’को उपाधी, ५ नोभेम्बरलाई ‘राई इज किङ–डे’ घोषणा !

म्यूजिक खबर
प्रकाशित: २२ कार्तिक २०७४, बुधबार

२२, कार्तिक काठमाडौं । नेपाली चर्चित गायक राजेश पायल राईले अमेरिकामा अहिलेसम्म कै ठुलो सम्मान पाएका छन् । रोचेस्टरमा आयोजित कार्यक्रममा सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रूपमा सम्मानित गरेका हुन् । गायक राईलाई अमेरिकाको रोचेस्टर सिटी हलमा प्रमाणपत्रसहित सम्मानित गरेको हो । कार्यक्रममा बोल्दै डेपुटी मेयर डा. अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रूपमा मनाउंने घोषणा गरे ।

 

अब अमेरिकाकाे राेचेस्टर सिटिमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ नाेभेम्बर ५ मा  मनाइने छ । यस्तै उनलार्इ रोचेस्टर सिटीले ‘इन्टरनेशनल पप स्टार’ को उपाधिसमेत प्रदान गरेको छ । अमेरिकामा  अहिलेसम्म कै भव्य, सभ्य र यति ठुलो पदाधिकारीबाट नेपाली कलाकारलार्इ सम्मान पहिलाे भएको आयोजक विजय खड्काले दिए।

 

नेपाली कलाकारलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म सुरक्षा प्रबन्ध दिएको यो पहिलो पटक भएको खड्काले बताए । सम्मानपछि गायक रार्इले अमेरिकी भुमिमा  अाफुले पाएकाे सम्मान  नेपाली कलाकारले अमेरिकामा पाएकाे याे  अहिलेसम्म कै  ठुलाे भएकाे बताए । ‘ संसारकै सपनाको देश  अमेरिकामा यति ठुलो सम्मान पाउदाँ अत्यन्तै खुसी छुु।’,

 

उनले म्यूजिक खबरसँग  कुरा गर्दे भने,  म रार्इ त्यही माथि ‘रार्इ इज किङ डे’ नोभेम्बर ५मा विना देशीभुमिमा  मनाउने घोषणा गर्दा  मेरो देश सम्झेर निशब्द भएकाे भएकाे थिए ।’ नेपाली भाषा, संस्कृति र सङ्गीतलाई विश्वमा प्रचार गरेको र नेपाली सङ्गीतलाई अमेरिकामा प्रस्तुत गरेकोले सम्मान गरिएको आयोजकले बताए । राजेशले केही साता यता अमेरिकाको विभिन्न राज्यमा आयोजित कार्यक्रममा प्रस्तुति दिइरहेका छन् ।

 

उनले नेपाली बाहेक दर्जनौ भाषामा गीत गाएका छन् । कुनै नेपाली गायक नगएको देश स्पेनको म्याड्रिड, नाइजेरियाको लेगोसमा पुगेर गीत गाएका छन् । राईले अफ्रिकी मुलुक नाइजेरियामा सांस्कृतिक कार्यक्रम नेपाली गीत गाएका थिए । गैर आवासीय नेपाली सङ्घ नाइजेरियाले नयाँ वर्षको अवसरमा लेगोसमा अप्रिल १ मा आयोजना गरेको कार्यक्रममा गीत गाएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु