अमेरिकामा सुटिङ गरिएको गायिका तायाहाङ्माको ‘हरेक दिन’ 

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७३, मंगलवार

काठमाडौ । पछिल्लो समय आधुनिक गायनमा निकै चर्चामा रहेकी गायिका तायाहाङ्मा राईको ‘हरेक दिन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वप्निल लिम्बुको शब्द रहेको गीतमा दिनेश सुब्बाको संगीत समावेश रहेको छ । गीतलाई किरण कडेलले एरेञ्ज गरेका हुन् ।

toyama-bishal
म्युजिक भिडियो निर्देशनका किङ प्रशन्न पौडेलले अमेरिकामा सुटिङ गरिएको भिडियोमा एउटा केटा र केटीको लवलाई कथाको रुपमा प्रस्तुत गरेका छन् । बनिरहेको म्युजिक भिडियो भन्दा केही फरक लाग्ने म्युजिक भिडियो फिल्मी शैलीमा बनेको छ । म्युजिक भिडियोमा मोडल बिबेक र सिमाको रोमान्स भरपुर रहेको छ । निर्देशक प्रशन्नले नै खिचेको म्युजिक भिडियोलाई अहिलेका चर्चित सम्पादक टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

14463849_946098215518639_1675231520_n
गायिका तायाहाङ्मा राई पछिल्लो समय दास्रो एल्बम ‘तराना’ लिएर केही समय अगाडी दर्शकमाझ आएकी थिइन् । नेपाली संगीत क्षेत्रमा ८ वर्षको अनुभवसंगै, डा. किरातसंग औपचारीक रुपमा ४–५ वर्ष संगीत क्लास लिइसकेपछी गायिका तायाहाङ्गमा राईले एल्बम ल्याएकी हुन् । गायिका तायाहाङ्गमा राई केही समय अगाडी कन्र्सटका लागी कोरिया र हङकङ पुगेर आएकी थिइन् ।

toyana

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु