अशिष्मा एकसाथ दुई फिल्ममा अनुबन्ध

म्यूजिक खबर
प्रकाशित: १६ बैशाख २०७३, बिहीबार

अभिनेत्री अशिष्मा नकर्मी, सुशिल पोखरेलको फिल्म ‘राधे’मा र सविन श्रेष्ठले बनाउन लागेको फिल्म ‘हिरो रिटर्न्स’मा मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध भएकी छिन् । फिल्म ‘अन्तराल’ पछि चर्चामा आएकी अभिनेत्री अशिष्मा एकसाथ यी दुई फिल्ममा अनुबन्ध भएकी हुन् । श्रोतका अनुसार दुबै प्रोजेक्टको लागी अशिष्मा र निर्माण टिमबीच सम्झौता भईसकेको छ तर दुबै पक्षले यो कुरालाई गोप्य राख्दै फाईनल नभएको जिकिर गरिरहेका छन् । दुबै फिल्म केहि महिनापछि फ्लोरमा जाँदैछन् । ‘राधे’मा निखिल उप्रेती लिड अभिनयमा हुनेछन् । त्यसैले पनि स्टार अभिनेतासँग अशिष्माको जोडी कति जम्छ त्यो समयले बताउने छ । त्यस्तै स्टार अभिनेत्री रेखा थापाको डेब्यू टाईटललाई सापटी लिएर अभिनेता सविनले बनाउन लागेको ‘हिरो रिटर्न्स’मा सविन र अशिष्मा मुख्य रोलमा हुने पक्का छ । ‘राधे’को लागी अर्को एक जना अभिनेत्री तय हुन बाँकी रहेको निर्माता पोखरेलले बताए । सविनको फिल्मलाई समिर मियाले र पोखरेलको फिल्मलाई जगदिश्वर थापाले निर्देशन गर्दैछन् ।

tumblr_nsxsxzjXz41ucn4w1o3_1280

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु