आजको राशिफल

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०७२, शुक्रबार

आज मिति २०७२ साल चैत्र कृष्ण पक्ष अस्टमी तिथि चैत्र १८ गते बिहिवार तदनुसार मार्च महिनाको ३१ तारिक २०१६ अनुसार तपाइको आजको राशिफल यस प्रकार रहेको छ –

मेष राशि – दिनको सुरुमा नयाँ समाचार सुन्न पाइने छ । तपार्इको पेसा र व्यवसाय प्रति अरुको सम्मान पाइने छ । बोलेको कुरा पुरा हुनेछ । मित्रता आसातित सफल हुने देखिएकोछ । भोलिको लागि केहि राम्रा कुराको तयारी गरिनेछ । आर्थिक रुपमा सफल भइनेछ । मनमा आनन्दको अनुभूति हुनेछ ।

वृष राशि – शैक्षिक क्षेत्रमा गरेको लगानी ब्यर्थ जाने छैन । बैवाहिक जीवनको बारेमा सोचेर आदन्दित भइनेछ । सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइनेछ । कार्य क्षेत्र विशेष फलि रहला । कृषि तथा पशुपालन व्यवसायको लागि समय उत्तम रहेको छ । नयाँ ब्यापारको सुभारम्भ हुनेछ ।

मिथुन राशि – जीविकोपार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । तपार्इको हित चाहनेहरु बढ्नेछन् । मानविय सम्वेदनाका कुरामा अतिनै सजग भइनेछ । दिनको मध्यतिर सोचेको भन्दा राम्रो परिणाम पाइने छ । विद्या, बुद्धि र विवेकको कारण अरुको मन जित्न सफल भइनेछ । कार्य क्षेत्र सफल हुनेछ ।

कर्कट राशि – निस्चित समयको पश्चात तपार्इलाई केहि नयाँ समाचार सुन्न पाइने योग छ । लामो समय देखि रोक्किएका कामहरु सम्पन्न हुनेछन् । आफ्नो जिम्मेवारी पुरा गर्ने सन्दर्भमा अरुको हितमा कमी नआओस भन्ने तर्फ सजग रहनु पर्नेछ । अरुको कुरालाई पनि ध्यान दिनु जरुरी छ ।

सिंह राशि – शैक्षिक क्षेत्रका लागि आजको दिन उपयुक्त रहनेछ । केहि विवादित कुराको लागि भने अति सजग पूर्वक बोल्नु पर्ने हुनेछ । मित्रताको गहिरो कसीमा केहि ब्यवधानबाट गुज्रनु पर्ने हुनेछ । बोलीको कारण हुने बाधाबाट बच्नु चुनौती हुनेछ । कार्य क्षेत्र भने केहि विवादित रहन सक्छ ।

कन्या राशि – सार्थक बिषयमा केहि राम्रा कुराको लागि धेरै कुरा त्याग्न तयार रहनु पर्नेछ । आर्थिक सम्वृद्धिको लागि मित्रको साथ लिएर केहि गर्ने बेला आएको छ । अरुको भावनामा कदर गर्ने तपार्इको शैलीको सबैले कदर गर्नेछन् । मानवीय मूल्य र मान्यताको लागि तपार्इको साथ रहने छ ।

तुला राशि – कार्य व्यस्तताको बीच पनि केहि राम्रो काम गर्ने समय छ । अरुको भरमा बाँच्नु पर्ने अवस्थाको अन्त्य हुनेछ । शैक्षिक क्षेत्रमा लगानी भए त्यो ब्यर्थ जाने छैन । इच्छित कार्य सिद्धि हुनेछन् । परिवारमा केहि नयाँ कामको थालनी हुनेछ । अचानक यात्रा सम्भव रहनेछ ।

बृस्चिक राशि – केहि अनिस्चयताको बीच तपाईले गरेको काम पुरा हुनेछ । सिमित कामको नतिजा निकै राम्रो आउने छ । बोलीको कारण विवादमा परिने भय भने बनिरहने छ । लामो कार्य अवरोधको बीच केहि सफलताका किरण देखा पर्नेछन् । अरुको लहैलहैमा लाग्दा दुःख पाइएला ।

धनु राशि – आजको दिन मध्यम फली रहेकोछ । नसोचेको क्षेत्रमा लगानी हुन सक्नेछ । प्रकृतिको बाधा सहनु परे पनि ठुलो हानि भने हुनेछैन । विवादित कुराको सकभर आफैले दुर गर्ने कोसिस गर्नु हितकर हुनेछ । रमाइला कामको लागि अधिक व्यय हुनेछ । बोलेको कुरा पुरा हुनेछ ।

मकर राशि – आजको दिन केहि चुनौती युक्त रहन सक्नेछ । नबुझी कुनै निर्णयमा पुग्नु निस्चित रुपमा घातक रहनेछ । आर्थिक बिषयमा गरेका हरेक क्रियाकलापले तपाइलाई सम्बृद्ध बनाउनेछ । सन्तान मार्गबाट सोचेको भन्दा राम्रो प्रतिफल पाइनेछ । ज्ञान गुनका कुरामा तपार्इको रुची हुनेछ ।

कुम्भ राशि – आजको दिन सामाजीक सद्भाव बढाउनको लागि कोसेढुंगा सावित हुनेछ । मितेरी सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेछ । भगवत कृपा तपाईमा बनिरहनेछ । सामाजिक सद्भाव प्राप्त हुनेछ । परिवारको झमेला मिल्नेछ । केहि व्यक्तिगत आकांक्षाले भने तपाईलार्इ कमजोर बनाउनेछ ।

मिन राशि – अरुको दुःखमा दुःख देख्ने तपाईको शैलीलाई सबैले कदर गर्नेछन् । लामो समयबाट पुरा हुन नसकेका काम पुरा हुनेछन् । बेला मौका देखिने असमझदारीले सम्बन्धमा भने जरुर समस्या प्रदान गर्नेछ । मातृ भूमिको लागि केहि राम्रो गर्ने सोच राखिनेछ, जुन सफल हुनेछ ।


New-Jyotish-visiting-card-1aaa

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु