आफ्नै मन दुखाएँ माया लाएर

म्यूजिक खबर
प्रकाशित: १८ मंसिर २०७३, शनिबार

मङ्सिर १८, काठमाडौं । माया गर्नु भुल होइन तर माया गर्नु पाप पनि होइन । मायाप्रेमको कुरा आफैंमा बुझिनसक्नु छ । कसको माया राम्रो कसको नराम्रो ? कसको जाति कसको नजाति ? कसको माया असली कसको नक्कली बुझ्न गाह्रो छ । यहाँ गीतकार गणेश चौलागाईंलाई भने आफ्नै मन दुखेको थाहा नै भएन माया लाएर । कस्तो माया होला माया गरेपछि त आफ्नो मन त शान्त हुनुपर्ने हो क्यारे तर गणेशलाई भने निकै गाह्रो भएको महसुस भएको छ माया लाएर ।

lila-giri
गीतकार गणेश चौलागाईंको शब्दमा गायिका लक्ष्मी न्यौपने र भीम आले मगरकोको स्वरमा रहेको गीत माया लाएर यतिबेला चर्चामा छ । लोकदोहोरी गीतको क्षेत्रमा गीतकार गणेश चौलागाईं एउटा नबिर्सने नाम हो । उनका शब्दमा धेरै गायक गायिकाहरुले स्वर दिएका छन् । गणेश आफैंमा एउटा चलेका गीतकार हुन् तर उनका गीत जतिले गाएँ उनीहरु चर्चामा छन् तर चौलागाइं भने चर्चाभन्दा बाहिर नै रहिरहे । चौलागाईंको शब्दमा शिशिर भुसालको लय रहेको गीत माया लाएर यतिबेला चर्चामा छ । लक्ष्मी न्यौपाने लोकदोहोरीको क्षेत्रमा अग्रपंक्तिकी गायिका हुन् । उनको साथमा भीमको स्वरले छुट्टै स्थान पाएको पनि छ । उज्यालो म्यूजिकले बजार प्रबद्र्धन गरेको यो गीतको म्यूीजक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् भने कुमार केसीले निर्देशन गरेका हुन् । मञ्जुश्री फिल्म्सको दृश्य निर्माण रहेको यस गीतको म्यूजिक भिडियोमा राजेश सिंह, अनिल घले र लिला गिरीको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु