आयो ‘के म तिम्रो होइन र’को ट्रेलर

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०७२, बुधबार

नेपाली फिल्मको स्थरलाई अहिले बलिउड अथवा केहि हद सम्म हलिउडको जस्तै तुलानत्कम रुपमा हेर्न सकिन्छ । केहि वर्ष अगाडि नेपाली फिल्मी उद्योग लगभग दलदलमा फसिनै सकेको थियो । तर पछिल्लो समय नेपालमा यस्तो फिल्मी परिर्वतन छायो कि कुनै कुनै फिल्मले त हिन्दी फिल्मलाई पछि पारेको छ । कारण नयाँ पुस्ता, नयाँ शैली र नयाँ कथा वस्तुको फिल्म जसले नेपाली फिल्मी जगतमा क्रन्तिनै ल्यायो । अब हेर्नु पर्दा यो वर्ष लगभग सकिनै लागिसकेको छ । यस वर्ष हामीले थुप्रै राम्रा फिल्म हेर्न पाएका छौँ । होस्टेल रिटन्स, रेस्सम फिलिलि, पशुपतिप्रसाद प्रेमगीत आदि यस वर्षका केहि हिट फिल्महरु हुन् । झन् वडा नं. ६, कबड्डी कबड्डी, ड्रिम्स त सुपर डुपर हिटनै भएको फिल्म हो ।

hqdefault

 

अब नयाँ वर्ष पनि आउनै लागि सकेको छ । नयाँ वर्षसँगै नयाँ फिल्म पनि आउने क्रममा छन् । यि मध्य ‘के म तिम्रो होइन र’ पनि एक हो । हालसालै यस फिल्मको टे«लर सार्वजनिक गरिको छ । आकाश अधिकारीको निर्देशन रहेको यस फिल्मलाई सुरेश अधिकारीले निर्माण गरेका हुन् । फिल्म ‘के म तिम्रो होइन र’ मा बसन्त सापकोटा र ताराप्रकाश लिम्बूको संगीत रहेको छ भने कृष्णहरि बराल, आकाश अधिकारी र सुरेन्द्र श्रेष्ठले शब्द रहेको छ । उक्त फिल्ममा हिमाल के.सी.को द्वन्द्व रहेको छ । फिल्ममा नवनायक आर्यन अधिकारी तथा नवनायिका मारिस्का पोखे्रलको मुख्य भूमिका रहेको छ । फिल्म यहि आउदो वैशाख महिनाको ३१ गतेबाट प्रर्दशनमा आउदै छ ।

ट्रेलर  भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु