आर्यनको गेटअपको चर्चा

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७१, सोमबार

काठमाडौं । पछिल्लो समय अभिनेता आर्यन सिग्देल फिल्म होमवर्कको छायांकनमा व्यस्त छन् । यसमा देखिएको आर्यनको नयाँ गेटअपको सर्वत्र चर्चा भैरहेको छ । उनि अन्य भन्दा यसमा फरक देखिएकोले पनि चर्चा भएको हो । यो चर्चाकै अवस्थामा उनी अभिनित पुनर्जन्म फिल्मको तस्वीर सार्वजनिक भएको छ । जहाँ आर्यनले कपाल र दाह्री काटेका छन् । निर्माण पक्षले सार्वजनिक गरेको यस तस्वीरमा आर्यन कसैको क्रिया बसेको झैँ लाग्छ । फिल्ममा आर्यन क्रिया बस्नु पर्ने हुन्छ जसलाई ज्वलन्त देखाउन उनको कपाल र दाह्री खौरेका हौ निर्माण पक्षले बताए ।
सत्य घटनामा आधारित भनिएको फिल्म पुर्नजन्म ले मनोरञ्जनसंगै अहिलेको पुस्तालाई नेपाली राजनैतिक इतिहासको प्रसंग र पुराना संस्कृतिको बारेमा समेत जानकारी गराउने निर्माण पक्षले जनाएको छ । फिल्ममा मोहन कृष्ण श्रेष्ठसंगै भद्र बहादुर शाहीको पनि लगानी रहेको छ । एमके इन्टरटेनमेन्ट प्रा।लि।को व्यानरमा निर्मित यस फिल्मलाइ निर्देशनसंगै सम्पादन पनि स्वयम् निर्देशक सजन श्रेष्ठले नै गरेका छन् ।
आर्यन सिग्देल , केकी अधिकारी , गजित बिष्ट , सुस्मिता शाही , मिथिला शर्मा , विजय लामा , लाल्क्ष्मी गिरि , रश्मी भट्ट , देशभक्त खनाल , रुश्मा श्रेष्ठ लगायतको अभिनय रहेको यस फिल्मलाई सुदर्शन श्रेष्ठले लेखेका हुन् । शिव ढकाल र नवरा कृष्ण थापाले संयुक्त रुपमा खिचेको यस फिल्ममा द्वन्द अष्ट महर्जनको रहेको छ भने यसलाई रोहितररत्नले वितरण गर्नेछन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु