आशा भोषलेलाई दोस्रो पटक सन्तान शोक

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०७२, मंगलवार

बलिउडकी प्रसिद्ध एवं लोकप्रिय गायिका आशा भोषलेलाई दोस्रो पटक सन्तान शोक परेको छ । पुत्री वर्षा भोषलेको शोक भोगिसकेकी गायिका भोषलले यतिबेला पुत्र शोकको पिडामा छिन् । बलिउडमा संगीतकारका रुपमा ख्याति स्थापित भैसकेका आशा पुत्र हेमन्त भोषले क्यान्सरबाट प्रताडित थिए । स्कटल्यान्डमा उपचारको क्रममा मृत्युबरण गरेका संगीतकार भोषलेले बलिउडमा ७० को दशकमा निर्माण भएका चलचित्रका गीतहरुमा संगीत भरेका थिए ।भोषलेको परिवार सांगितीक परिवार हो । उता आशााकी दिदी लोकप्रिय अनि जादुमयी स्वरकी धनि लता मंगेश्करको ८६ औं जन्मदिनको परेको त्यो शुभ दिन नै भोषलेलाई अशुभ दिन बन्न गएको हो ।

asha with hemant

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु