इनास अवार्डको मनोनयन सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १४ आश्विन २०७२, बिहीबार

काठमाडौं । नेतालाई गाली र कलाकारलाई तालीको अति नै आवश्यकता पर्दछ । मुलुक विभिन्न राजनीतिक समस्याले रोइरहेको बेला यहाँ नेतालाई गाली गर्नेको लर्को नै लागेको छ यसमा कलाकारहरु पनि लागेको देखिन्छ । तर मुलुक अहिले यिनै कलाकारलाई ताली बजाउने स्थितिमा छैन तथापी, देश जटिल मोडमा भएकै बेला राजधानीमा इनास अवार्डको मनोनयन सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय कलाकार समाज (इनास) ले असोज १३, बुधबार औपचारिक कार्यक्रम गर्दै १४ विधामा मनोनयन सार्वजनिक गरेको हो । जारी मनोनयनमा ‘बितेका पल’ सबै भन्दा बढी ५ बिधामा उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गायिका, उत्कृष्ट गायक, उत्कृष्ट सम्पादन र उत्कृष्ट अभिनेत्री पर्न सफल भएको हो । प्रकाश सुवेदी संयोजक रहेको इनास अवार्डको जुरी मेम्बरमा लक्ष्मीनाथ शर्मा, शान्तिप्रिय, सुरेश अधिकारी, सरिता लामिछाने रहेका छन् ।
आयोजकले बालकलाकार, ,नृत्य निर्देशक, गायिका, गायक, गीतकार, गीतकार, संगीतकार, आलेख, सम्पादन, छायांकन, अभिनेत्री,अभिनेता,निर्देशक र चलचित्र गरी १४ विधाको मनोनयन सार्वजनिक गरेको हो ।
उत्कृष्ट संगीतकार तर्फको बिधामा – अर्जुन पोखरेल (स्टुपिड मन),बसन्त सापकोटा (नाईं नभन्नु ल २), शम्भुजित बाँस्कोटा (कोहिनूर) पर्न सफल भएका छन् । त्यस्तै अनमोल केसी (जेरी), आर्यन सिग्देल (नोभेम्बर रेन), दयाहाङ राई (कबड्डी), उत्कृष्ट अभिनेताको मनोनयनमा पर्दा केकी अधिकारी (बितेका पल), नम्रता श्रेष्ठ (नोभेम्बर रेन) र शिल्पा पोखरेल (लज्जा)बाट मनोनयनमा परेका छन् । ‘टलकजंग भर्सेज टुल्के’, ‘कबड्डी’, ‘नोभेम्बर रेन’उत्कृष्ट फिल्मको मनोनयनमा अटाएका छन् भने भने सोही तीन फिल्मका निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ र दिनेश राउत उत्कृष्ट निर्देशकमा परेका छन् ।

inas shilpa

 

shantipriya with basanta

 

basanta sapkota

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु