उत्साहित मेनुका

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७०, बिहीबार

काठमाडौं । तीन वर्षअघि ‘माया आरिसे’ भन्दै गुनगुनाएकी गायिका मेनुका राई अहिले गाउँतिर झरेकी छन् । खोटाङकी यी गायिकाले हालै ‘१, २, ३’ नामक एल्बम ल्याएकी छन्, सो एल्बममार्फत उनले गाउँघरको स्मरण गरेकी छन् । एक दशकअघि खोटाङबाट काठमाडौं झरेकी मेनुकाले हालै ‘१, २, ३’ मा ‘म त गाउँकी गोरी, शहरमा झरी’ भन्दै गाउँको स्मरण गरेकी हुन् । यस गीतमार्फत मेनुकाले चर्चा पनि पाइरहेकी छन् । गीत चर्चामा आएपछि फुरुङ्ग हुँदै मेनुकाले भनिन्, ‘गाउँघरको भाकालाई टपक्क टिपेर गाएकी हुँ, गाउँकी गोरी । श्रोताले पनि यस गीतलाई मनपराइदिएका छन् ।’ एल्बम आफूले सोचेभन्दा राम्रो भएको उनको भनाइ छ ।
‘माया आरिसे’ शीर्ष गीतबाट मेनुकाले राम्रै चर्चा बटुल्न सफल भएकी थिइन् । जुन गीतले उनको परिचयसमेत बदलिएको थियो । त्यतिखेर उनलाई श्रोताले ‘आरिसे माया गायिका’ भन्ने गर्थे । तर, अहिले उनलाई गाउँबाट झरेकी गायिका भन्न थालेका छन् । यसलाई मेनुका आफ्नो सफलता ठान्छिन् । ‘कलाकारको सफलता भनेकै यही हो’ उनले भनिन्, ‘मलाई गाउँबाट झरेकी गायिका भन्दा खुसी लाग्छ, ।’ गाउँपाखामै जन्मेकी भएकाले पनि उनी आफूलाई गाउँघरकै गायिका भन्न रुचाउँछिन् । ‘१, २, ३’ मेनुकाको दोस्रो एल्बम हो । तर, उनल दर्जनौ गीतमा स्वर दिइसकेकी छन् । एल्बममा ‘१,२,३’ ‘म त गाउँकीलगायत ‘ए प्र्रिय, नभेटेको भए हुन्थ्यो, देउरालीमा भेटौं, गोधुलीको साँझैमा, वर वर सरन र माया दिए पुग्छ बोलका गीत छन् । यी गीतमध्ये गोधुँली साँझैमा बोलको गीतले पनि राम्रै चर्चा पाइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु