‘उनको आँखाभरीको आँसु, माया लाग्दो बोली अहिले पनि मिस गर्छु’

म्यूजिक खबर
प्रकाशित: २७ जेष्ठ २०७४, शनिबार

जेठ २७, काठमाडौं । पश्चिम नेपालको दाङबाट कलेज पढ्न राजधानी छिरेको एउटा ठिटो, जसको काठमाडौं प्रवेशको एउटा मात्रै उद्देश्य थियो– राम्रो पढ्नु । पढ्ने बाहेक अर्को सपना नबोकी राजधानी प्रवेश गरेका पल शाहलाई समयले अहिले नायक बनाएको छ । उनी यो समयका सबैभन्दा धेरै फ्यानको माया पाउँने कलाकार भित्र पर्छन् । उनै पल शाहसँग राधिका अधिकारीले रोचक फ्यान संवाद गरेकी छिन् ।

Pal-Shah
दुबईमा फुलसँगै प्रेम पत्र
म धेरै स्टेज कार्यक्रममा जान्न । पछिल्लो समय अवार्ड कार्यक्रममा जाने क्रम बढेको छ । पछिल्लो समय म नेफ्टा अवार्डका लागि दुबई गएको थिएँ । दुबईको कार्यक्रममा ओमनबाट मलाई हेर्न मात्रै भन्दै बच्चा लिएर आएका थिए । त्यहाँ थुप्रै फ्यान आउनु भएको थियो । त्यहि गु्पमा आउनु भएका युवतीहरुले फुलका  गुच्छा दिनु भयो । त्यहाँ सँगै थिए ‘आइ लभ यु पल’ लेखिएका प्रेम पत्र पनि ।
रुँदै माया
मलाई फलो गर्ने धेरै फ्यानहरु छन् । सामाजिक सञ्जालदेखि कार्यक्रम र सुटिङ् स्पटसम्म नै । विशेष गरेर युवती फ्यान धेरै छन् । सामाजिक सञ्जालमा थुप्रै युवती फ्यानले प्रेम र विवाहका प्रस्ताव राख्छन् । पहिला त अलि फुर्सद थियो, सम्झाउँथे, उनीहरुलाई प्रतिकृया दिन्थे । अहिले अलि ब्यस्त भैयो, सबैलाई रेस्पोन्स गर्न पाउँदिन । तर, विवाहको प्रस्ताव आइरहेका हुन्छन् । कायैक्रममा धेरै हुटिङ् गर्नु हुन्छ । कतिपय त ‘ओ माई गड् पल’ भन्दै रुनुहुन्छ ।
सुटिङ स्पट मै रुवाबासी
गोदावरीमा एउटा म्यूजिक भिडियोको सुटिङमा थिएँ । करिब ९÷१० पढ्ने एक जना युवती आईन् । उनले आँखाभरी आँसु पारेर रुदै पल दाइ प्लिज मलाई फेसबुकमा रिक्वेस्ट पठाउनु न भनिन् । त्यो सुटिङभरी उनी मेरो वरिपरि घुमिरहिन । पाईन्ट टिसर्ट लगाएकी थिईन् । उनी निक्कै रोएकी थिईन् । पछि घर आएर उनको नाम सर्च पनि गरे । तर उनले भनेको नाम फेला पारिन् । अहिले नाम बिर्सिए तर खुब सम्झिन्छु उनलाई । उनको आँखाभरीको आँसु, माया लाग्दो बोली अहिले पनि मिस गर्छु । मेरी ति फ्यानलाई भेट्न मन लाग्छ कहिलेकहिँ तर उनको नाम पनि बिर्सिए । उनी न मसँग सामाजिक सञ्जालमा जोडिएकी छिन् कि ?

pal shah
भ्वाईस म्यासेज नगरे मर्छु भन्ने फ्यान
मेरो युवा भन्दा युवती फ्यान धेरै हुनुहुन्छ । कतिपय युवतीका श्रीमानले आफ्नी श्रीमती मेरो फ्यान भएको छ विशेष दिन पारेर शुभकामना दिन आग्रह गर्छन् । केहि समय अघि दार्जीलिङबाट निखिता देवान भन्ने फ्यानले आफूलाई क्यान्सर भएको र मेरो बोली सुन्न मन लागेको भनेर म्यसेन्जरमा म्यासेज गरिन् । उनले आफूलाई क्यान्सर भएको र मैले भ्वाईस म्यासेज नगरे मर्छु भनेकी थिईन् । मैले पनि माया लाग्यो अनि ‘गेट् वेल सुन, आफ्नो ख्याल गर’ भनेर भ्वाईस् म्यासेज पठाएँ । तर, पछि थाहा भयो उनलाई क्यान्सर भएको हैन रहेछ । क्यान्सर छ भनेपछि मैले रिप्लाई गर्छु भनेर उनले म सँग झुट बोलेकी रहिछन् । पछि सरि भनेर माफी मागिन् ।
हात काटेर नाम लेख्ने बुटवलकी फ्यान
२ वर्ष अघिको कुरा हो । बुटवलबाट एकजना केटीले हात काटेर मेरो नाम लेखेर म्यासेन्जरमा पठाएकी थिईन् । त्यसपछि अरुले देखाएरै त्यसो गर्नु भएको छैन् । फ्यानले थुप्रै गिफ्ट दिएका छन् । घरको एउटा रुम नै फ्यानको गिफ्टले भरिन थालेको छ । बहुमुल्य सामान पनि धेरै छ तर फुल र पफ्र्युम प्रिय लाग्छन् ।
विदेशी फ्यान
श्रीलंका र भुटानका नागरिक पनि मेरा फ्यान छन् । धेरै सम्झेर म्यासेज गर्छन् । श्रीलंकाको एक जना फ्यानले भेट्न निक्कै आग्रह गरेका छन् । तर, भेट्न पाएको छैन् । भेट्ने मन छ ।
नामै परिवर्तन
मेरा फ्यान यति धेरै म प्रति क्रेजी हुनुहुन्छ नी कहिलेकहि त डर लाग्छ उहाँहरुको मायाप्रति न्याय गर्न सक्दिन की भनेर । बुटवलकी आश्था शर्मा र भक्तपुरकी निखिताले फलो गर्नु भएको लामो समय भैसक्यो । उनीहरुले असाध्यै धेरै माया गर्छन् । अशोक क्षेत्री लगायतका धेरै साथीले फेसबुकमा पनि आफ्नो नामको पछाडी मेरो नाम लेखेका छन् ।

म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु