उमेरसँगै बढेको नरेशको हाइट

म्यूजिक खबर
प्रकाशित: १३ फाल्गुन २०७२, बिहीबार

संचारकर्मी एवं गीतकार नरेश भट्टराईको असली उमेरसँगै गीतिलेखनमा पनि हाइट बढ्दै गएको छ । फागुन १३ विहीबार जन्मिएका नरेश भट्टराईले आफ्नो जन्मदिन मनाउँदै गीतिसंग्रह हाइटलाई पनि सार्वजनिक गरेका हुन् । आफूले अहिलेसम्म लेखेका आधुनिक एवं चलचित्रका गीतहरुलाई संग्रहित गरेर जन्मदिनसँगै उचाइ बढाएका भट्टराईले पत्रकार र आफ्ना नजिकका संगीतकर्मी एवं संगीतप्रेमीलाई बोलाएर जन्मदिन पनि मनाए र गीतिसंग्रह पनि सार्वजनिक गरे ।

सधैंजसो गीतसंगीत एवं चलचित्रका कार्यक्रमहरुमा बोल्दै आएका भट्टराईले आफूलाई माइकजीवी नै भएको कार्यक्रममा बताए । तर आफ्नो कार्यक्रममा भने औपचारिकतामा नगइकन केही कुरा राखेका भट्टराईले आफ्ना सहकर्मी पत्रकार एवं गीतकार शान्तिप्रियलाई कार्यक्रम संचालनको जिम्मा दिएका थिए । शान्तिप्रियले रमाइलो ठट्टा गर्दै भट्टराई २५ वर्ष आइसीमा प्रवेश गरेको भन्दै एकदमै मिल्ने साथीका रुपमा लिएको बताएका थिए । गायक रामकृष्ण ढकाल, हाँस्यकलाकार दिपकराज गिरी, चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्यको हातबाट गीतिसंग्रह ‘हाइट’लाई सार्वजनिक गरेका थिए ।

ramkrishna dhakal
गीतिसंग्रह सार्वजनिकपछि जन्मदिनको शुभकामना एवं गीतिसंग्रहको सफलताको शुभकामना दिँदै अतिथिहरुले उनका बारेमा रमाइला घटनाहरुलाई सुनाएका थिए । गायक रामकृष्ण ढकालले भट्टराईसँगका यात्राका अनुभवहरु सुनाएका थिए भने पत्रकार भरत शाक्यले पनि आफूसँग सहकार्य गर्दाको अनुभवलाई सुनाएका थिए । गीतकार एवं संचारकर्मी भट्टराईको बारेमा सुनाइएका सम्झनाहरुले उपस्थित पत्रकार एवं संगीतकर्मीहरुलाई मनोरञ्जन दिलाएको थियो । गीतकार एवं संचारकर्मी नरेश भट्टराईलाई म्यूजिक खबरको तर्फबाट पनि उज्ज्वल भविश्यको कामना गर्दै जन्मदिनको लाखौं लाख शुभकामना ।

naresh bhattrari dipakraj giri bharat shakya

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु