उहिलेको बाजेको पालामै फर्कियो चलचित्र

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७२, सोमबार

पछिल्लो समय फरक फरक कथामा चलचित्रहरु निर्माण एवं प्रदर्शनमा आइरहेको बेलामा अब भने उहिलेको बाजेको पालाको कथालाई ल्याउन लागिएको छ । नेपाली सांकृतिक, मौलिकता झल्काउने कथामा चलचित्र ‘उहिले बाजेको पालामा’ निर्माण भएको छ । यो चलचित्र अब वैशाख २४ गतेबाट काठमाण्डौ भित्र र जेठ ७ गतेबाट काठमाण्डौ बाहिरका हलमा रिलिज हुने भएको छ ।

काठमाण्डौमा अडियो तथा ट्रेलर सार्वजनिक गर्दै उहिलेको बाजेको पालामा चलचित्रले पुरानो संस्कृतिलाई नयाँ रुपमा प्रस्तुत गरेको बताएको छ । कार्यक्रममा बोल्दै कलाकार गणेश वेलवासेले यो चलचित्रले पुरानो संकृतीलाई झल्काएको भन्दै दर्शकले हलमा गएर चलचित्र हेरेपछि यसलाई मन पराउने विश्वास व्यक्त गरे । नायिका खुश्वु खड्काले यस्तो गहन बिषयमा बनेको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको बताइन् ।

युवा निर्देशक वसन्त जीएमले निर्देशन गरेको चलचित्रका कार्यकारी निर्माता भने सुनिल मानन्धर रहेका छन् । चलचित्रका निर्माता चेतन कोइराला र यादव सैघाली हुन् । चलचित्रमा दिलिप रायमाझी, नविन श्रेष्ठ, कमल गाउँले, गणेश वेलवासे, खुश्वु खड्का, सपना रोक्का लगायतका कलाकारको अभिनय छ । जी फाइप ग्रुप डी फिल्मस्ले प्रस्तुत गरेको यो चलचित्रले सन्देशका साथै मनोरञ्जन पनि प्रदान गर्ने निर्माणपक्षको दाबी छ ।

uhelay-baja-ko-palama-4
चलचित्रमा ५ वटा गीतहरु रहेका छन् । हे बरै हो नि बरै, खेल भाइ खेल, उडि गए पुतला, यो मन मेरो मान्दैमान्दैन, नलाउ गिद्दे आँखाहरु जस्ता गीत रहेका छन् । जसमा विपिन आचार्य र अरुण शाहको संगीत रहेको छ भने गणेश बेल्बासे र अरुण शाहले गीत लेखेका छन् । माण्डवी त्रिपाठी, कोमल वली, अरुण शाह, विपिन सागरे, गोविन्ध मधुर आचार्यको स्वर रहेको गीतहरुमा मध्यपश्चिमाञ्चलका लोकशैली झल्किने गीतहरुलाई महत्वपूर्ण स्थान दिइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु