ऊमंगको फस्ट लुक सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ७ असार २०७३, मंगलवार

काठमाडौं – यथार्थ परक नेपाली चलचित्र उमंग को फस्ट लुक सार्वजनिक भएको छ । चलचित्रको अधिकांश भाग दुबईमा छायांकन गरिएको र बाँकी दृश्य गुल्मी, बागलुङ र काठमाडौमा गरिएको छ । थुप्रै चलचित्रमा कोरियोग्राफर र मुख्यसहायक निर्देशक भएर काम गरेका शिव शर्माले यो चलचित्रको निर्देशनगरेका हुन् । चलचित्रले मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटेको छ ।

13514265_1746082449003347_1804710905_n
छायांकन सुरु भएदेखि नै चर्चामा रहेको चलचित्र उमंगले सेन्सर बोर्डबाटयुनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र नेपाल मा प्रदर्शन गर्नु पुर्ब दुबई, कतार, अस्ट्रेलिया, हङकङ, बेल्जियम, जापान र अमेरिकामा बिशेष शोगर्न लागिएको कुरा निर्देशक शिब शर्माले बताएका छन् । चलचित्रमा बिनिताबराल, कुमार बि. सी., सि. पि. पौडेल, राम बाबू रेग्मी, शिला श्रेष्ठ, रुपेशसुवेदी, राम थापा, उमेश कुमार के सी, लगायतको अभिनय रहेको छ । बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुनपोख्रेल र बि. बि. अनुरागी, द्वन्द कुमार महर्जन, सम्पादन अर्जुन जि.शि. तथा भि. एफ. एक्स. अक्कि शर्मा को रहेको छ । रबिन्द्र बराल छायांकार रहेकोफिल्मको कथाकार कुमार बि सी हुन् । आफू बिदेशमा बसेर बिदेशको दुखकष्ट भोगेको र सोही विषय बस्तु लाइ चलचित्र को कथा बनाएका कुमार बि. सी. नै चलचित्रका निर्माता हुन् । चलचित्र तिहार को मौका पारेर कार्तिक १२ गते अधिराज्यभर प्रदर्शन हुँदै छ ।

13493000_1746082445670014_1661549615_n

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु