एकपटक हेर्नैपर्ने चलचित्र ‘मङ्गलम’ ! संगीत कथा र अभिनय सबै दमदार !

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७४, सोमबार

फागुन , २८  काठमाडौं । चलचित्र मंगलम यतिबेला नेपालका विभिन्न हलमा रिलिज भएको छ । चलचित्रको ‘पर्ख पर्ख मायालु’ बोलको गीतले निकै चर्चा र सफलता पाइसकेको छ । यतिबेला चलचित्र नै हलमा आइसक्दा भने चलचित्रको सबै पक्षको तारिफ पाइरहेको छ । फिल्म हेर्दा धेरैका आँशु रसाउनेछन् । यदि कसैका आँखामै आँशु लुकेता पनि मन भने अवश्य रुनेछ । यसैले फिल्मलाई दर्शकले रुचाइरहेका छन् । चचलचित्र हेर्नेहरु सबैले अरुलाई पनि चलचित्र हेर्नलाई  प्रोत्साहित गरिरहेका छन् ।

धेरै दृश्य एउटै घर वरिपरि छायांकन गरिएको भएतापनि चलचित्र हेरेपछि सन्तुष्टि मिल्नेछ । चलचित्रका पात्रहरुदेखि गीत संगीत र निर्देशकको तारिफ गरिनेछ । पारिवारिक कथामा निर्माण भएको चलचित्रले पारिवारिक विषयवस्तुलाई उठान गरेको छ ।

फिल्मको सबैभन्दा रोचक पक्ष भनेको मूल पात्रले गरेको अभिनय नै हो । चलचित्र दुई कलाकार दीपक (पुष्प खड्का) र रत्ना (शिल्पा पोखरेल)को कथामा आधारित छ । दीपककी आमाको भूमिकामा मिथिला शर्मा छिन् । यी तीन पात्रले यति दमदार अभिनय गरेका छन् कि, एक थरी दर्शक, जो फिल्म हेरेर भावविह्वल हुन सक्छन् । त्यस्ता दर्शकलाई रुवाउन सक्ने ल्याकत राख्छ पात्रको अभिनयले ।

प्रेम र समस्यालाई निर्देशक नेपालले आफ्नो निर्देशकीय क्षमतामार्फत सफल रुपमा उतारेका छन् ।

चलचित्र ‘दर्पण छायाँ २’ बाट खासै अभिनयमा जादु देखाउन नसकेका पुष्प खड्काले भने यो चलचित्रबाट आफूमा प्रसस्तै सम्भावना देखाएका छन् । त्यस्तै छोटो भूमिकामा देखिएकी साम्राज्ञीको भूमिका पनि आकर्षक छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु