एचटीभी–फिल्मीखबर ‘डि’ सिने अवार्ड–२०७०

म्यूजिक खबर
प्रकाशित: २२ भाद्र २०७०, शनिबार

विश्वमै आधुनिक प्रविधिले अत्यन्तै तीब्र गतिमा फड्को मारिरहेको बेला नेपाली चलचित्र उद्योग पनि डिजिटलमय भएको छ । खासगरी चलचित्र, मनोरञ्जन, सञ्चार जस्ता क्षेत्रमा नयाँ–नयाँ प्रविधिहरुले उल्लेख्य रुपमा आफ्नो क्षेत्र विस्तार गर्दै गइरहेको छ । आजभोलि विश्व सिनेमा बजार डिजिटलाइज्ड हुँदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै केहीवर्ष यताबाट नेपालमा डिजिटल सिनेमाहरुलाई सहभागी गराउँदै डिजिटल फिल्म अवार्ड गर्दै आएको संस्था छायाँछवि क्रियशनले यस वर्ष पनि एचटीभी फिल्मीखबर डि सिने अवार्ड गर्ने भएको छ ।
आजभोली नेपाली चलचित्रहरु डिजिटलमा निर्माण अत्यन्तै तीब्रताका साथ भइरहेको छ । यो अवस्थालाई हेर्दा नेपाली सिनेमा उद्योग पुरै डिजिटल युगमा प्रवेश गरिसकेको स्पष्ट हुन्छ ।  नयाँ–नयाँ प्रविधिको आगमनले नेपाली दर्शकहरुको रुचीमा पनि समयानुसार परिवर्तन हुँदै गइरहेको छ । यसर्थ आजका दर्शकहरु अत्याधुनिक प्रविधिबाट डिजिटलाइज्ड गरिएका चलचित्रहरु हेर्न रुचाउने हुँदा आवश्यकता अनुसार डिजिटल फम्र्याटमा बनेका चलचित्रहरुलाई हौसला प्रदान गर्ने लक्ष्य राखेर हामी पाँचौ पटक एचटिभी फिल्मीखबर डि सिने अवार्ड –०७० अवार्डको आयोजना गर्न लागेको आयोजक संस्था छायाँछविले जनाएको छ ।
छायाँछवि क्रियशनले विगत पाँच वर्षदेखि आयोजना गर्दै आइरहेको डि सिने अवार्डको पाँचौं श्रृंखलाअन्तर्गत जुरीहरुले चलचित्र हेर्ने कार्य धमाधम भइरहेको छ । नेपाल चलचित्र संघको प्रदर्शन कक्षमा जुरीहरुले चलचित्र अवलोकन गरिरहेको छायाँछविले जनाएको छ ।  निष्पक्ष एवम् विवादरहित रुपमा विगतका वर्षहरुदेखि नै आयोजना गरिँदैआएकोे ‘डि’ सिने अवार्डमा यसपटक चलचित्र लेखक÷निर्देशक तथा कलाकार मोहन निरौला, चलचित्र निर्देशक एवम् वरिष्ठ चलचित्र समीक्षक–पत्रकार विजयरत्न तुलाधर, युवा संगीतकार सन्तोष श्रेष्ठ र सिनेमाटोग्राफर एवम् मोशन पिक्चरमा व्याचलर गर्नुभएकी तथा महिला छायाँकार–डकुमेन्ट्री निर्देशक सवनम मुखिया निर्णायक (जुरी) का रुपमा रहेका छन् ।  विगतको वर्षमा फिल्मीखबर डिजिटल फिल्म अवार्डको रुपमा आएको यो अवार्ड पाँचौं संस्करणमा आइपुग्दा एचटिभी फिल्मीखबर डि सिने अवार्ड –०७० का रुपमा आउने भएको छ । विगतका वर्षहरुभन्दा अझै अवार्डलाई परिस्कृत बनाउँदै लगेको र आगामी कार्तिक १० गते एक भव्य समारोहको आयोजना गरी फाइनल कार्यक्रम गरिने छायाँछविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।  ‘डि’ सिने अवार्डमा ०६९–७० को आर्थिक वर्षभित्र प्रदर्शनमा आएका डिजिटल सिनेमा प्रतिस्पर्धामा उत्रिरहेका छन् भने एचटिभी फिल्मीखबर डि सिने अवार्ड –०७०को एसोसिएट्स मिडियामा हिमालय टेलिभिजन, स्टार एफएम एवम् फिल्मीखबर साप्ताहिक रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु