ओबामाको प्रियंकालाई डिनरको निम्तो

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७२, मंगलवार

संसारको सबै भन्दा प्रभावशालि मुलुक अमेरिकाका राष्ट्रपति बाराक ओबामासगँ डिनर गर्ने मैका पाएकी छिन् बलिउडकी अब्बल नायिका प्रियंका चोप्डाले । स्रोतका अनुसार अब छिट्टै नै प्रियंका चोपडा, अमेरिकी राष्ट्रपति बाराक ओवामा र उनकी पत्नी मिशेल ओबामाको संयुक्त उपस्थिति देख्न पाइने भएको छ । अमेरिकी टेलिभिजन सीरीज क्वांटिकोकी स्टार प्रियंकालाई राष्ट्रपति ओबामाले डिनरमा आमन्त्रण गरेका हुन् ।
उनलाई ह्वाइट हाउसको अन्तिम ह्वाइट हाउस क्रसपोन्डेन्टस् डिनरमा ओबामाले बोलाएका हुन् ।

उक्त डिनरमा हलिउड स्टार ब्रडली कपुर, लुयी लियू, जेन फोडासहितका केही हस्ति समेत सहभागि हुनेछन् । समारोहमा लैरी विलमोरले होस्ट गर्ने जनाइएको छ । कलाकार र पत्रकारका अलावा डिनरमा उच्च सरकारी अधिकारी समेत हुनेछन् ।

barak and priyanka

बलिउडमा निकै सफलता हात पारेकी प्रियंका पछिल्लो समय हलिउडमा पनि चर्चामा रहेकी छिन् । उनको अब हलिउड स्टार ड्येन जोनसनसगँ हलिउड फिल्म ‘ब्याचवे’ आउने भएको छ । (एजेन्सी)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु