ओस्कारमा ‘सुनगाभा’

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७०, बिहीबार

ओस्कारमा नेपाली फिल्मको प्रतिनिधित्व गर्ने अवसर फिल्म ‘सुनगाभा’ले पाएको छ । विदेशी भाषी फिल्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर ‘सुनगाभा’ले पाएपछि विरोधका स्वर निस्किन थालेका छन् । ‘सुनगाभा’का निर्देशक सुवर्ण थापाले यो विरोधको स्पष्टीकरण सामाजिक सञ्जाल स्काइपबाट दिएका छन् ।
केही समयदेखि फ्रान्समा बस्दै आएका सुवर्ण फ्रान्सको नागरिक भएकाले ‘सुनगाभा’ले नेपाली फिल्मका रूपमा ओस्कारमा भाग लिन नपाउने भन्दै फिल्म ‘बधशाला’का निर्देशक मनोज पण्डितले अदालत जाने बताएका थिए । यही विषयमा स्पष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा सुवर्णले सामाजिक सञ्जाल स्काइपबाट भने, ‘मैले अघिल्लो वर्षमात्रै फ्रान्सको नागरिकता लिएको साँचो हो । तर, नेपाली नागरिकता त्यागेको छैन । परिआएका खण्डमा फ्रान्सकै नागरिकता त्याग्न तयार छु ।’ आफ्नो रगतमा नेपाली भावना बग्ने भएकाले आफूलाई विदेशी भनेकामा दुःख मनाउ गर्दै उनले ‘सुनगाभा’ नेपाली फिल्म भएको बताए  ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु