कंगनाले ॠतिकलाई मायाको प्रस्ताब गरेको इमेल लिक

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०७३, सोमबार

पछिल्लो समय बलिउडका ग्रीक गर्ड ऋृतिक रोशन र क्विन कंगना रनावतबिचको लडाईले निकै चर्चा पाईरहेको छ । ऋृतिकको साथमा उनको परिवारमात्र नभएर उनको पूर्व पत्न सुज्यान पनि उनको साथ दिने संकेत देखिएको भारतिय सञ्चार माध्यामले जनाएको छ । आफ्नो दुई सन्तानसँग इस्तानुलबाट मुम्बाई फर्किन लागेकी सुज्यान पूर्व पति ऋृतिक र कंगनाबिचको बढ्दो कानूनी झगडालाई लिएर अगाडी आएको खबरप्रति निकै तनावमा देखिएकी छिन् । हालै मात्र कंगना र ऋृतिकको पर्सनल इमेल सोशल मिडियामा लिक भएको थियो । यस माललाको नयाँ खुलासा के भनेको छ भने इमेलमा देखिए बमोजिम उनले ऋृतिकलाई आफ्नो मायाको प्रस्ताब रहेको भनिएको छ । इमेलका अनुसान कंगनाले ऋृतिकलाई तब देखि चहान्थिन जब उनले ऋृतिकको तस्वीर एक न्यूजपेपरमा देखेकी थिइन् । अर्थात उनले ऋृतिकलाई पहिला देखि नै चाहान्थिन । कंगनाले इमेलमा लेखिएकी थिइन, ‘यदि तिमीले कुनै दिन मलाई चहादैनौ  भने म त्यो तितो सत्याबाट कसरी बाहिर आउन सक्छु हो ला।’ हालाकी कंगनाको वकिलले ऋृतिकले देखाएको इमेलमा सच्चाइ नभएको बताएका छन् ।

kanganaranaut-17894874

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु