कतारमा छायाँकन सकाएर फर्कियो मन त परदेशी

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७३, सोमबार

माघ २४, काठमाण्डौं । देव नेपालद्वारा लेखन तथा निर्देशन गरिएको चलचित्र मन त परदेशीले विदेशमा गर्ने छायाँकन सबै सकाएर नेपाल फर्केको छ । निर्देशक देव नेपाल र अभिनेता दिपेश पाण्डे लगायतको टोली कतार पुगेर परदेशमा हुने छायाँकनका सम्पूर्ण कार्य सकेर नेपाल फर्केको छ । विदेशमा नेपालीहरुले भोग्ने पीडा, त्यहाँको काम र वातावरण अनुसार नेपालीले भोग्नुपरेको समस्याको बारेमा सबै छायाँकन सकिएको निर्देशक नेपालले म्यूजिक खबरलाई बताए ।

_C4A1561
औपचारिक रुपमा फागुन ९ गतेबाट नेपालमा छायाँकनमा जान लागेको चलचित्र मन त परदेशीमा दुर्गाबहादुर खड्का, भुवन शर्मा कँडेल, निराजन अधिकारी निर्माता रहेका छन् । चलचित्रमा दिपेशराज पाण्डे, रेणु शर्मा, समिता गिरी, मुस्कान रेग्मी, राम बुढाथोकी, सन्ध्या पौडेल, किशोर कुमार खतिवडा, सौगात लामिछाने, विक्रम क्षेत्रीको अभिनय रहने भएको छ । चलचित्रको छायाँकन मरुभूमि नारायणले गर्ने भएका छन् । सन्ध्या पौडेलको नृत्य, सुशिला कुमालको श्रृंगार, राजु किराँतीको द्वन्द्व रहने यस चलचित्रमा पुस्कर सुनुवार र राजेश श्रेष्ठको संगीत रहने भएको छ । शंकर अधिकारी घायल र भुवन शर्मा कँडेलको गीत रहेको यस चलचित्रमा पुस्कर सुनुवार, मेलिना राई, राज सिग्देल, सपना वस्तीको स्वर रहने बताइएको छ ।

dipesh pandey man ta pardeshi
नेपाली समाजमा घटेको यथार्थपरक घटनाक्रमलाई चित्रण गर्दै एबी फिल्म्सको ब्यानरमा चलचित्र निर्माण हुन लागेको हो । अब केही समयमै यो चलचित्र फ्लोरमा जाने निर्देशक देव नेपालले बताए ।

_C4A1556

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु