कतार जादै खुश्वु

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७१, सोमबार

नायिका, मोडल खुश्वु खड्का यतिवेला सञ्चार माध्यमहरुमा छाईरहेको नाम हो । रामेशकुमार राई निर्देशित चलचित्र गरेको आईटम नृत्यबाट चर्चामा रहेकी खुश्वु यतिवेला साहिमा श्रेष्ठको स्वरमा रहेको तिमी बोल मिठा मिठा कुरा म सुनिरहन्छु…….को म्युजिक भिडियोमा मोडलिङ गरेपश्चात थप चर्चामा आएकी हुन । कतारमा हुने एक साँस्कृतिक कार्यक्रममा सहभागी हुन जान लागेकी खुश्वुले भिनन् ‘विगतमा कामै नगरेको त होइन तर चलचित्र गोरेको आईटम गीतले भने पुनः मलाई हौसाएको छ । यो मेरो धैर्यता र मिहिनेतको प्रतिफल ठान्दछु ।’ कतार एनआरएनको आयोजनामा यही माघ २३ गते भव्य सांस्कृतिक कार्यक्रम हुँदैछ जसमा खुश्वुले आफ्नो प्रतिभा पसकिदै छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु