कथासङ्ग्रह ‘टाँकीका फूलहरू’ अन्तरक्रिया

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७६, बिहीबार

कथासङ्ग्रह ‘टाँकीका फूलहरू’माथि राजधानीमा अन्तरक्रिया गरिएको छ । हङकङ प्रवासमा कार्यरत सङ्खुवासभाका साहित्यकार दाजु गुरुङद्वारा लिखित कथासङ्ग्रह मंगलबार राजधानीमा अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा बोल्दै प्र,डा, गोविन्दराज भट्टराईले कथाकार गुरुङको कथासङ्ग्रह ‘टाँकीका फूलहरू’का कथाहरू एकै बसाईमा पढेर तृप्त हुने खालका रहेका बताए ।
साहित्यकार अनिल पौडेलले गुरुङको लेखनयात्राबारे चर्चा गर्दै कृतिमा हङकङेली नेपालीका सुख–दुःख, अनुभव र भोगाइ समेटिएको र सशस्त्र प्रहरी वलका पूर्व आइजीपी दुर्जकुमार राई, प्राज्ञ नन्दु उप्रेती, कवि तथा कथाकार बिना थिङ, गंगाप्रसाद अधिकारी, साहित्यकार टिका चाम्लिङलगायतले समीक्षा गर्दै कथाका भाषा(शैली काव्यात्मक एवम् प्रस्तुति सरल तथा सरस भएको रहेको बताए ।
सङ्ग्रहमा आरम्भ, मेरो छिमेकी र रोक्सी, हराएको मान्छे, मोनिका, बिर्सिएको साँझ, मिलेनियम, ब्याज, मुन्ना चौधरी, सतासी मामा, सुनाखरी ओइलाएपछि, चोइ(साम, मङ्की हिल, मौइसी, सरी, मर्निङ वाल्क, बाटो बिराएको मान्छे गरी १७ वटा कथा समावेश छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु