करिश्मा, सुन्दर र शान्तिप्रियलाई हरितारा, संगीतकार श्रेष्ठलाई परिवर्तन सम्मान

म्यूजिक खबर
प्रकाशित: ३० मंसिर २०७३, बिहीबार

मङ्सिर २९, काठमाडौं । नेपालको पुरानो चलचित्र पुरस्कार गुठी हरितारा चलचित्र पुरस्कार गुठीले यस वर्षको हरितारा चलचित्र पुरस्कार सदाबहार अभिनेत्री करिश्मा मानन्धर, वरिष्ठ डिजाइनर सुन्दर श्रेष्ठ र चलचित्र पत्रकार शान्तिप्रियलाई प्रदान गरेको छ ।
नेपाली चलचित्र क्षेत्रमा योगदान पु¥याएका एवं साधनारत स्रष्टाहरुलाई सम्मान गर्दै प्रोत्साहन गर्ने उदेश्यले स्व.विजया राणाले ३ लाखको अक्षयकोषसहित स्थापना गरिएको पुरस्कार नै हरितारा चलचित्र पुरस्कार हो । २०५२ सालमा स्थापना गरिएको यस पुरस्कारबाट थुप्रै दिग्गज कलाकार एवम् चलचित्रकर्मीहरु सम्मानित भइसकेका छन् । यस वर्षको पुरस्कार स्वरुप २०७२ सालको हरितारा चलचित्र पुरस्कार करिश्मा मानन्धरलाई प्रदान गरिएको हो भने २०७३ बाट संचारकर्मी शान्तिप्रिय र डिजाइनर सुन्दर श्रेष्ठ पुरस्कृत भएका हुन् । यी तिनैलाई जनहि नगद रु २५०००, ताम्रपत्र र रुद्राक्ष माला लगाएर पुरस्कृत गरिएको थियो ।

haritara-puraskar
त्यस्तै यसै वर्ष स्थापना गरिएको दुर्गादेवी–पूण्य निरौला चलचित्र पुरस्कार २०७३ बाट निर्देशक एवं कलाकार सुभाष गजुरेललाई पुरस्कृत गरियो । उनी नगद रु १०००० सहित ताम्रपत्रले पुरस्कृत भएका हुन् ।
सोहि कार्यक्रममा निर्देशक एवं कलाकार सबिन बास्तोला, संगीतकार सन्तोष श्रेष्ठ र डा.श्यामकाजी महर्जनलाई ताम्रपत्र र मालासहित परिवर्तन विशेष सम्मान २०७३ बाट सम्मानित गरियो ।

shantipriya
सम्मान एवं पुरस्कार अर्पण कार्यक्रममा चेतन कार्की, यादव खरेल, भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुषाल, मोहन निरौला जस्ता दिग्गजहरुको आतिथ्यता रहेको थियो । सम्मानित एवं पुरस्कृत सबैलाई व्यक्तित्वहरुले शुभेच्छा प्रकट गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु