कलाकार संघमा बोगटी, गजितलाई सर्वाधिक मत

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७२, आईतवार

चलचित्र कलाकार संघमा रामकेशर बोगटीको नेतृत्व आएको छ । शनिबार सम्पन्न १४ औं साधारणसभाबाट बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष पदमा कलाकार लय संग्रौला र विशाल विष्टको समेत उम्मेदवारी परेको भए पनि दुवै प्रतिद्वन्द्वीलाई पछि पार्दै बोगटीले जित हासिल गरेका हुन् । अध्यक्षमा बोगटीले २३८ मत पाए भने संग्रौलाको पक्षमा १६० मत र विशाल विष्टले १० मत प्राप्त गरेका थिए । त्यस्तै सदस्यका उम्मेदवार रहेका नायक गजित विष्टले भने सर्वाधिक मत ल्याएर विजयी हासिल गरेका छन् । गजितले १० सदस्यहरुमध्येबाटै नभएर कार्यसमितिमै सबैभन्दा बढी मत ल्याएका हुन् । उनले २८७ मत ल्याएर सदस्य पदमा निर्वाचित भएका हुन् ।

gajit bista
शनिबार रातीसम्म भएको निर्वाचनमा बोगटीको नेतृत्वमा २१ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ । संघका दुई उपाध्यक्ष पदमा रेजिना उप्रेती र शानुकुमार ताम्राकार बिजयी भएका छन् । रेजिनाले १८१ मत र ताम्राकारले २७७ मत प्राप्त गरे भने अर्का प्रतिस्पर्धी मनोज केसीले हार बेहोरे ।

artist association
त्यस्तै महासचिव पदमा सरिता लामिछाने २२५ मत ल्याएर बिजयी भएकी छन् । उनको प्रतिद्वन्द्वी कृष्ण ढुङ्गानाले १७१ मत मात्र प्राप्त गरेका थिए । सचिव पदमा १९६ मतका साथ चेतबहादुर सिंह बिजयी भएका छन् । प्रत्यासी सञ्जय खतिवडाले १८८ मत पाए भने कोषाध्यक्षमा बिमला केसी २०४ मतका साथ बिजयी भएकी छन् । कोषाध्यक्षका प्रतिस्पर्धी आकाश खवासले १९० मत प्राप्त गरे ।

nandita-sarita-rejina-ashishma
त्यस्तै १० जना सदस्यतर्फ २८७ मत ल्याएर गजित बिष्टले अग्रस्थान ओगटे भने अन्य ९ सदस्यतर्फ शिवहरी पौड्यालले २५८, सविन श्रेष्ठले २४२, देविराम पराजुलीले २२८, अशिष्मा नकर्मीले २२६, विष्णुप्रसाद सापकोटाले २००, कविता गेलाल शर्माले १८८, शिवहरी नेपाल बैरागीले १७१ मत ल्याए भने सुनिल कटवाल र धनबहादुर बमजनको समान १६३ मत आएपछि गोलाप्रथाबाट बमजमलाई बिजयी घोषणा गरियो । सह–कोषाध्यक्षमा अभिनेत्री नन्दिता केसी यसअघि नै निर्विरोध निर्वाचित भएकी हुन् ।
कलाकार संघको चुनाव हेर्दा लाग्थ्यो राजनीतिक चुनावको झल्को । ठूलो राजनीतिक दाउपेच बीच भएको संघको चुनावले धेरैको ध्यान आकृष्ट गरेको थियो । म्यूजिकखबर डट कमको तर्फबाट नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।

म्यूजिकखबर फेसबुक, ट्विटरयूट्युबका लागि यहाँ क्लिक गर्नुहोला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु