कला राइको निर्माण तथा शंकर अधिकारी घायलको लेखन र निर्देशनमा सत्यम शिवम सुन्दरम बन्ने?

म्यूजिक खबर
प्रकाशित: १ फाल्गुन २०७५, बुधबार

बविना बस्नेत ,काठमान्डौँ ।
बिजि बर्मा फिल्म्सको ब्यानर तथा कला राईको प्रस्तुतिमा नेपाली कथानक चलचित्र “ सत्यम शिवम सुन्दर“ को छायांकन पुर्वाञ्चलका विभिन्न रमणीय ठाउँ हरुमा यहि फाल्गुन १३ गते बाट सुरु हुने निमार्ण पक्षले बताएको छ ।
सपना देख्ने हरु विचको विशुद्ध प्रेम कथामा आधारित फरकधारको कथामा चलचित्र निमार्ण गरिने चलचित्रका निर्देशक शंकर अधिकारीले घायलले बताए । आरजु लिम्बू,सुजित यादव,बिक्रम लामा,राजन महर्जन,धन राज सुब्बा,कमला ढकाल,ज्ञानेन्द्र चेम्जोङ को अभिनय रहने छ । सत्यम शिवम सुन्दरममा सन्तोष प्रगाढ , राजेश कुमार श्रेष्ठ को संगीत ,शंकर अधिकारी घायलको गीत ,नित्याशिवा,सन्तोष प्रगाढ ,र प्रबिशा अधिकारी को आवाज मा गीत रहने भएको छ । राजन महर्जन को नृत्य रहने छ बाँकी कलाकार र प्राबिधिक हरुको छनौट हुदँै गरेको कला राईले बताइन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु