कसैको यादमा छटपटिँदैछन् पासाङ

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७३, बुधबार

काठमाडौं । गीतकार पासाङ तामाङ यतिबेला प्रवासको भूमिमा छन् । प्रवासमा रहेर घरबासको यादहरुलाई मनभरि संगालिरहेका गीतकार तामाङ मायाप्रेमको गहिराईभित्र डुबेका छन् । अर्थात् यतिखेर कसैको यादमा उनी छटपटाइरहेका छन् । यादले छटपटाउनु पर्दाको पीडामा उनको प्रवासभूमि उराठलाग्दो बन्दै गइरहेको छ । मनभरि कसैको याद लिएर विदेशको भूमिमा एक्लो महसुस गर्दैछन् गीतकार पासाङ तामाङ ।


गीतकार पासाङ तामाङले त्यही कसैको यादलाई मनभरि संगाल्दा संगाल्दै ‘तिम्रो यादमा’ भनेर गीत नै लेख्न सफल भए । जुन गीतलाई संगीतकार मनिपाल राईले संगीतबद्ध गरे भने अन्जु पन्तले स्वरबद्ध गरिन् । शुभकामना मिडिया सोलुशनबाट बजारमा आएको गीतकार राईको गीतिसंग्रह ‘तिम्रो यादमा’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । यूट्यूबबाट सार्वजनिक गरिएको यस गीतको चर्चा हुन थालेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु