‘कहाँ होला मनको राजा’ ल्याउँदै गायिका सिर्जना

म्यूजिक खबर
प्रकाशित: १३ फाल्गुन २०७२, बिहीबार

काठमाण्डौ । सुमधुर स्वरकी धनी गायिका सिर्जना कार्की सांगीतिक धरातलमा दुई वर्ष अघि ‘सिर्जना’ एल्बम मार्फत पहिलो पाइला टेकेकी प्रतिभाशाली गायिका हुन् । ६ बर्षसम्म गुरु चन्दनलाल श्रेष्ठसँग शास्त्रीय संगीत, २ बर्ष प्रकाश गुरुङसँग आधुनिक संगीतको प्रशिक्षण समेत लिएकी कार्की पहिलो कोशेली ‘सिर्जना’ एल्बम मार्फत सांगीतिक धरातलमा गायिकाको रुपमा पाइला टेकेकी हुन् । पहिलो कोशेली ‘सिर्जना’ एल्बमको ‘रोजेको मैले खोजेको मैल’ आधुनिक गीतबाट नै आफ्नो सांगीतिक परिचयलाई उचाईमा पु¥याएकी कार्की पछिल्लो समयमा आफ्नो परिचयलाई थप फराकिलो बनाउनका लागि ‘कहाँ होला मनको राजा’ बोलको गीतलाई बजारमा ल्याउने अन्तिम तरखरमा छिन् ।
सुमधुर स्वरकी धनी गायिका सिर्जनाले डान्सिङ् बिटमा ‘कहाँ होला मनको राजा’ बोलको पप् गीतलाई चाँडै नै बजारमा ल्याउने भएकीछिन् । कृष्ण के.सी.को शब्द र हरी लम्सालको संगीत रहेको उक्त गीतलाई राज इसानले संगीत संयोजन गरेका छन् । कृष्ण के.सी.को शब्द, हरी लम्सालको संगीत रहेको छ भने राजन इसानले संगीत संयोजन गरेका छन् ।
। मार्चको पहिलो सातामा ल्याउने तयारी भएको उक्त गीतको म्युजिक भिडियोको समेत अन्तिम तयारी भैरहेको छ । अकष्टिक नेपालमा रेकर्ड भएको उक्त गीतको म्यूजिक भिडियोलाई निर्देशन भने दिपेन्द्र के.सी.ले गर्ने भएका छन् । sirjana_karki

singer_sirjana_karki

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु