कार्यकक्षमा श्रीकृष्णको फोटो सजाएर, काममा फर्किन् श्वेता

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७३, शुक्रबार

काठमाण्डौ, पुस १ । विवाह भएको महिना दिन नबित्दै पति वियोगको शोक बोकेर अभिनेत्री श्वेता खड्का लामो समय विक्षिप्त बनिन् । झण्डै साढे दुई वर्षपछि नायिका श्वेता खड्का आफ्नो काममा फर्केकी छिन् । श्रीकृष्णको वियोगका कारण केही समय डिप्रेशनमा परेकी श्वेता अब भने नयाँ तरिकाले काम गर्दै नयाँ उत्साहका साथ सामान्य जीवनयापनमा फर्केकी छिन् ।अफ्ठ्यारै भएपनि कामलाई निरन्तरता दिन लागेको कुरा श्वेताले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएकी हुन् । कार्यालयमा खिचिएका दुईवटा तस्बिर सेयर गर्दै आफू पुरानै काममा फर्केको खुलाएकी श्वेताले आफ्नो कार्यालयको कक्षमा श्रीकृष्णको तस्बिर सजाएकी छिन् । जुन उनले सेयर गरेका तस्बिरमा स्पष्ट देखिएको छ । उनले लेखेकी छिन्– ‘निकै ठूलो दुःखमा परेका कारण काममा निकै ग्याप भएको र अब सामान्य जीवन र काममा फर्केन चाहन्छु ।’ श्वेता पेशाले इन्जिनियर पनि भएका कारण घर निर्माणदेखि घरको आन्तरिक डिजाईन पनि गर्दै आइरहेकी छिन् ।

sweeta-khadka1

sweeta-khadka

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु