कालो पोथीको सात दिनमा ९३ लाख कलेक्सन

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७३, शुक्रबार

गत सातादेखि नेपाली चलचित्र उद्योगमा प्रर्दशन भएको चलचित्र ‘कालो पोथी’ले निकै चर्चा कमाएको छ । उक्त चलचित्रले माउथ पब्लिसिटीले नै अप्रत्यासिलो आम्दानी गर्यो । चलचित्रले विज्ञापनको लागि मिडियामा त्यति धेरै चासो पनि देखाएको थिएन । प्रदर्शनको पहिलो सातामा नै उक्त चलचित्रले राजधानीमा झन्डै एक करोडको व्यापार गरेको छ । वितरक कम्पनी पपकर्नका अनुसार सात दिनमा यस फिल्मले ९३ लाख कमाउन सफल भएको हो । मिन भाम निर्देशित फिल्म ‘कालो पोथी’ले राजधानीका १५ पर्दाबाट ९३ लाख कलेक्सन गरेको हो । आजदेखि यो फिल्म २५ पर्दासहित मोफसलमा प्रदर्शन भएको छ । शुक्रराज रोकाया र खडकराज नेपाली अभिनित सिनेमाले सिंगल स्क्रिनमा समेत राम्रो व्यापार गर्ने आशा राखिएको छ । फिल्मलाई छिरिङरितार शेर्पाले निर्माण गरेका हुन् । उक्त चलचित्रले २०१५मा आयोजित भेनिस अन्र्तराष्ट्रिय फिल्म फेस्टिवलमा बेष्ट फिल्मको उपाधि जितेको थियो ।

sic30kalopothi03

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु