कुकुर चलचित्रको निर्माता

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७३, बुधबार

काठमाण्डौ । अब चलचित्रमा निर्माताका रुपमा कुकर भित्रियो । मान्छेले निर्माण गरेको चलचित्र नचलेर हो या नयाँ प्रयोग हो कुकुर निर्माता भएपछि अवस्था के होला ? सोसल मिडिया यु–ट्युबमा रिलिज भएको एक शर्ट फिल्मको निर्माता क्रिस्टल नामको कुकुर छन् । एमएमएस इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘१४ फ्रेबु्रअरी’ नामको साइलेन्स शर्ट फिल्मको निर्माता ‘क्रिस्टल’ हुन् । क्रिस्टल त्यही कुकुरको नाम हो, जुन सेतो रंगका छन् । भ्यालेनटाइन–डे लक्षित उक्त फिल्मको प्रस्तुतकर्ता मोडल तथा गीतकार दर्पण राई हुन् । क्रिस्टल, जो दर्पणकै घरमा पालिएको कुकुर हो ।

received_557808891094284
दर्पण कलाकारिता क्षेत्रमा फरक काम गर्न चाहन्छन् । र, त्यसैले उनी छोटो समयमै चर्चामा पनि आएका छन् । ‘तिमीले बाटो फे(यौ अरे’ जस्ता ब्लकबस्टर गीतका गीतकार दर्पणले शर्ट फिल्म ‘१४ फ्रेबु्रअरी’का लागि पनि केही भिन्न काम गरेका छन् । प्रथम कुरो त उनले फिल्ममा निर्माताका रुपमा क्रिस्टललाई प्रस्तुत गरे । फिल्म्मा दर्पणकै कथा तथा निर्देशन रहेको छ । यो फिल्म रिलिज हुँदा ‘क्रिस्टल’ को हुन् भनेर खोजी नभएको पनि होइन । तर, त्यतिखेर दर्पणले आफ्नो निर्मातालाई बाहिर ल्याउन चाहेनन् । तर, जब उनले आफ्नो चलचित्र यु–ट्युबमा रिलिज गरे, तब उनले भने, ‘त्यो क्रिस्टल त मेरो घरमा पालेको कुकुर पो त ।’ आफ्नो घरमा माया गरेर पालेको भएकाले उक्त कुकुरको नाम क्रिस्टल राखेको र फिल्ममा निर्माताका रुपमा प्रस्तुत गरेको बताए ।
त्यस्तै, दर्पणले आफ्नो शर्ट फिल्मलाई चलचित्र विकास बोर्डमा समेत दर्ता गराएका छन् । जबकि यहाँ अधिकांश शर्ट फिल्म विकास बोर्डका दर्ता गरिएको हुँदैन । सम्भवतः पहिलो नेपाली साइलेन्स शर्ट फिल्म ‘१४ फ्रेबु्रअरी’ मा दर्पण र सम्झना राईले अभिनय गरेका छन् । प्रेम दिवशको दिन मायालु जोडीका लागि प्रस्तुत ‘१४ फ्रेबु्रअरी’लाई दर्शकले रुचाए पनि । फिल्ममा एक युवा र युवतीबीचको प्रेमलाई दर्साइएको छ । यस फिल्मले प्रेममा धैर्यता पनि चाहिन्छ भन्ने सन्देश दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु