कुसुमले गीत गाउँदा ‘मख्ख प¥यो भमरा’

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७१, शनिबार

काठमाडौं । गायिका कल्पना कुसुमले पहिलो एल्बम् ‘भमरा’ ल्याएर सांगितिक यात्रा थालेकी छिन् । बुटवलमा रहेर लामो समयदेखि सांगितिक क्षेत्रमा क्रियाशिल कल्पनाले संगीतको औपचारिक यात्रा भने भर्खर थालेकी हुन् । उनी भन्छिन्, ‘संगीतमा पहिल्यैदेखि रुची थियो । लामो साधनापछि मात्रै आफूलाई अघि सारेकी हुँ ।’ पढाइ सकेर मात्रै सांगितिक यात्रा थाल्ने लक्ष्यका कारण पनि केही ढिलो सांगितिक क्षेत्रमा आएको बताइन् । स्नातकोत्तर तह उत्तीर्ण गरेकी कल्पना पेशाले शिक्षिका हुन् । रन्जना म्यूजिक कम्पनीले बजारमा ल्याएको एल्बम्मा शब्द पुरु लम्साल, संगीत थानेश्वर गौतम र एरेञ्जर आशिष अविरल रहेका छन् । शीर्ष गीत ‘मख्ख प¥यो भमरा’को म्युजिक भिडियो समेत तयार भएको छ । बिशाल भण्डारीले निर्देशन गरेको भिडियोमा पुष्प खड्का र बेनिशा हमालले अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु