कैफियतको हैसियत माघ २२ मा देखिने

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७२, बिहीबार

चलचित्र कैफियतको वास्तविक हैसियत माघ २२ गते देखिने भएको छ । यतिबेला प्रोमो र अन्य प्रचार सामग्रीबाट राम्रो प्रतिक्रिया पाइरहेको चलचित्र कैफियतले माघ १५ लाई पहिला प्रदर्शनको मिति तय गरेको भए पनि अब भने माघ २२ लाई प्रदर्शनको मिति पक्का भएको बताएको छ ।  बुधबार राजधानीमा चलचित्रको प्रदर्शन मिति माघ २२ लाई सरेको बताउनका लागि पत्रकार भेटघाटको आयोजना गरेको कैफियतको निर्माण युनिटले सबैको साथ र सहयोगको अपेक्षा गरेको छ । आफूले माघ २२ कै मितिको अपेक्षा गर्दागर्दै बितरकले माघ १५ भनेको भए पनि अन्ततः माघ २२ लाई नै प्रदर्शन मिति जुरेको कैफियत युनिटले बताएका छन् ।Kaifiyat_nandita
कैफियतको बारेमा निर्माता चिन्तामणि बरालको प्रस्तुति रहेको कैफियतमा धन देवकोटा निर्माताको रुपमा रहेका छन् । दशरथ गिरीको निर्देशनमा तयार भएको यस चलचित्रमा चिनीएको अनुहार नन्दिता केसी रहेकी छिन् भने अन्य कलाकारहरुलाई पहिलो पटक सिनेमामा देख्न पाइनेछ । नन्दिताको अपोजिट रोलमा शंकर सिंह ठकुरीलाई पहिलो पटक सिनेमामा देख्न पाइनेछ । त्यस्तै किसन सुनारले पनि पहिलो पटक सिनेमामा आएका छन् । कार्यक्रममा नन्तिदाले सिनेमाको जिम्मेवारी आफ्नो काँधमा बढी नै रहेको बताएकी थिइन् । । हुन त पछिल्लो समय दर्शकमाझ नन्दिताको पनि त्यत्ति ठुलो ‘क्रेज’ छैन ता पनि नन्दिता मात्र चिनीएको अनुहारलाई प्रयोग गरिएको चलचित्र ‘कैफियत’ को कैफियत भने हेर्न माघ २२ कुर्नु पर्ने भएको छ । चलचित्र कैफियतको प्रदर्शन पश्चात चलचित्रसँगै नन्दिताको पनि हैसियत मापदण्ड हुने छ । प्राय नवकलाकारहरु भएकाले यो फिल्म कलाकारका लागि अबसरसँगै चुनौती पनि बनेको मानिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु