कोहिनूरलाई क्लासिफाइड १८ प्लस सर्टिफिकेट

म्यूजिक खबर
प्रकाशित: २६ माघ २०७१, सोमबार

मलेसिया । मलेसियामा आगामी फेब्रुअरी १५ देखि चल्न लागेको चलचित्र कोहिनूरलाई मलेसियाको सेन्सर बोर्डबाट क्लासिफाइड १८ प्लस सर्टिफिकेट दिएको छ । नेपालमा सुपरहिट भएर अहिलेसम्मकै चलचित्र व्यापारमा रेकर्ड तोड्न सफल रहेको चलचित्र कोहिनूरलाई मलेसियाको सेन्सर बोर्डबाट क्लासिफाइड १८ प्लस सर्टिफिकेट दिएपछि मलेसियाको रावाङमा रहेको लोटस सिनेमा हलमा आगामी फेब्रुअरी २० तारिख कोहिनूर चल्ने भएको एनएमसी यूनिभर्सलका डाइरेक्टर नितुप ग्याल्जेन लामाले जानकारी दिए ।
लामाका अनुसार फेब्रअरी १५ मा मलेसियाको राजधानी क्वालालम्पुरस्थित केएलसीसी टावरमा रहेको चलचित्र हलमा हुने भीआइपी शोको विहानी शत्रको टिकट सबै बुकिङ भइसकेको र दिवा शोको टिकट पनि सीमित सिट मात्र बाँकी रहेको छ । त्यस्तै फेब्रअरी १९ तारिखमा जोहरबारुको देशा चेम्बरलान, ल्याण्डमार्क होटल बातुपहात कोहिनूर चल्दैछ भने २० तारिखमा द सेन्ट्रल मल कलाङमा कोहिनूर चल्ने भएको छ ।
एनएमसी यूनिभर्सल र नेपाल टे«डिङको संयुक्त आयोजनामा गरिन लागिएको कोहिनूर प्रदर्शनलाई विभिन्न संघसंस्थाले पनि सपोर्ट गरिरहेका छन् । नेपालमा ब्लकबस्टर बनेको यो चलचित्र मलेसियाको नेपालीहरुमाझ पनि ब्लकबस्टर बन्न सफल हुने नेपाल टे«डिङका जयराम तिमिल्सिनाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु