क्याराभान नायक थिन्लेको अन्त्येष्टि

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७३, शुक्रबार

ओस्कार मनोनयनमा पर्न सफल विश्व चर्चित चलचित्र क्याराभानका नायक थिन्ले लेन्डुपको काठमाडौंको टेकुमा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । थिन्लेको अन्त्येष्टिमा विभिन्न पार्टीका नेता, कलाकार तथा बौद्ध गुरु लगायतले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । थिन्लेको वैशाख १२ गते निधन भएको थियो । डोल्पा सदरमुकाम दुनईबाट आफ्नो गाउँ साल्दाङ हिँडेका थिन्लेले अफ्ठ्यारो बाटोका कारण घोडासँगै भीरबाट लडेर ज्यान गुमाएका हुन् । पोष्टमार्टम गर्न भन्दै काठमाडौँ ल्याइएको उनको पार्थिव शरीरलाई यतै अन्त्येष्टि गरिएको हो । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)मा आवद्ध भएर काम गरेका उनले हिमालय क्याराभान चलचित्रमा अभिनय गरेका दिए ।

16042922Thinle-Caravan-Hero-is-No-More

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु