‘क्लासिक’ को रुवाउने प्रोमो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० पुष २०७२, शुक्रबार

नेपाली सिनेमा बजारमा अर्को एउटा सिनेमा थपिएको छ – क्लासिक । नेपाली सिनेमा प्रेमीहरुलाई सिनेमा कस्तो बन्या होला भन्ने कौतुहलता भइरहेको समयमा यसको प्रोमो सार्वजनिक भएको छ । मिल्दो र रुचाइएको केमेस्ट्री आर्यन सिग्देल र नर्मता श्रेष्ठ अभिनीत सिनेमा ‘क्लासिक’ दर्शकहरुको प्रतिक्षीत सिनेमा मानिएको छ । लगभग १ मिनेट ५० सेकेण्ड समयमा बनेको सो प्रोमो हेर्दा नै दर्शकले आँशु थाम्न सक्दैनन् भने सिनेमाले दर्शकलाई इमोसनल बनाउने निश्चित मानिएको छ । आर्यन सिग्देल इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको सिनेमा ‘क्लासिक’ लाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

classic
हेर्नुहोस् प्रोमो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु