क कसले चुम्दैछन् आज राप्ती अवार्ड ?

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७३, आईतवार

चैत २८, काठमाण्डौ । लोक गायिका चन्द्रकला शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डसहित पाँचौं राष्ट्रिय राप्ती म्यूजिक अवार्ड आज सम्पन्न हुँदैछ । राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने यस कार्यक्रममा राप्तीबाट सरकारमा रहेका मन्त्रीहरुसहित वरिष्ठ संगीतकर्मीहरुको उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष शशि शर्मा मजगैंयाले बताएका छन् । मौलिक झाँकी र नौमती बाजसहित १२ः१५ बजेबाट रेड कार्पेट गरिने यस अवार्डमा अतिथि सत्कारसहित २ बजेबाट भने विभिन्न रेडियो, अनलाईन र एनटीभी प्लसबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

shashi
अवार्डमा प्रमुख अतिथि उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महरा, सिंचाई मन्त्री दीपक गिरि, यूवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली लगायत माननीय सांसद लगायत विभिन्न उच्च पदस्थ व्यक्तित्वको उपस्थिति रहने बताइएको छ ।

govinda madhur
कार्यक्रमलाई तीन चरणमा विभाजन गर्दै मनोरञ्जनात्मक बनाउने आयोजक रापती समाजले बताएको छ । संस्थाका महासचिव प्रवीणकुमार रेग्मी, अध्यक्ष शशि शर्मा मजगैंया र गायिका जुनु रिजाल, समाजका सदस्य पी.एन. सापकोटा र गायिका प्रीती आलेले कार्यक्रमलाई संचालन गर्ने भएका छन् । कार्यक्रममा गीतसंगीतका विभिन्न गायक गायिकाको प्रस्तुतिसहित झाकी,चर्चित कलाकारको नृत्य र हास्यव्यंग्य रहने बताइएको छ । अवार्डमा विभिन्न ३२ विधामा उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनाबाट उत्कृष्ट एकले अवार्ड चुम्नेछन् ।

rapati music award

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु