खरेल निर्देशित कुइनेटोको जुकबक्स सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७३, आईतवार

काठमाडौं । मिडिया एण्ड इन्टरटेन्टमेन्टको व्यानरमा निमार्ण भएको चलचित्र कुईनेटोको अडियो गीत जुकवक्स सार्वजनिक भएको छ । हाइलाईट्स नेपालले सार्वजनिक गरेको अडियो गीतहरुमा ‘आकाशको जुन तिमी”, जलेको जल्यै छ यो मन’ र ‘मै सानी सानी’ रहेका छन् ।

प्रदर्शोन्मुख यस चलचित्रका गीतहरुमा सन्तोष श्रेष्ठ, अनिल विरही र दुर्गा दाहालले सङ्गीत भरेका छन् भने ललीता कुवँर, पुरुषोत्तम लोहनी र दुर्गा दाहालको शब्द युवराज चौलागाई, श्रेयशी चेमजोङ, राज सागर, काव्य आचार्य र दुर्गा दाहालको स्वर रहेको यस चलचित्रमा श्रीदेव भट्टराई, सानीया खान, श्रीजु अधिकारी, एन.आर. रिमाल, केशव सापकोटा,मोतीराम जैशी,गङ्गा भुजेल,किशोर विसी, गोपाल क्षेत्री, रविन्द्र बमलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

जनकराज अधिकारीको छायांकन, प्रदिप दाहालको सम्पादन, किरण दाहालको दन्द रहेको यस चलचित्र लाई सुद्र पश्चिमका विभिन्न स्थानमा छायांकन गरियको यस चलचित्रलाई माधव खरेलले लेखन तथा निर्देशन गरेका हुन् ।

kuhineto

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु